प्रदेश प्रमुख कोइराला : दुई विधेयक प्रमाणीकरण « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

प्रदेश प्रमुख कोइराला : दुई विधेयक प्रमाणीकरण


१४ कार्तिक २०७६, बिहिबार


हेटौँडा । प्रदेश नं ३ का प्रमुख अनुराधा कोइरालाले प्रदेशसभाबाट केही हप्ताअघि पारित भई आएका दुई विधयेक आज प्रमाणीकरण गरेकी छन् ।

नेपालको संविधानको धारा २०१(२) बमोजिम उनले सूचना हकको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ र सार्वजनिक निजी सहकारी तथा साझेदारीको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ प्रमाणीकरण गरेकी प्रदेश प्रमुख सचिवालयका कानून अधिकृत राजेश तामाङले बताए ।

ती दुवै विधेयकलाई प्रमाणीकरणका लागि आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेश प्रमुख सचिवालयमा आजै दर्ता गराएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस