६० हजार घुससहित प्रहरी नायव निरीक्षक पक्राउ « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

६० हजार घुससहित प्रहरी नायव निरीक्षक पक्राउ


१४ कार्तिक २०७६, बिहिबार


घुस

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६० हजार रुपैयाँ घुससहित बाराबाट एक जना प्रहरी नायव निरीक्षकलाई नियन्त्रणमा लिएको छ ।

बाराको गञ्जभवानीपुर प्रहरी चौकीमा कार्यरत प्रहरी नायव निरीक्षक जटाशंकरप्रसाद कलवारलाई घुससहित कलैया उपमहानगरपालिका-४ स्थित श्रीराम खाद्य उद्योग अगाडिबाट आयोगको टोलीले बिहीबार पक्राउ गरेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

भारतबाट मालसामान ल्याउन सहज गराई दिने भन्दै सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले कलवारलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रवक्ता कोइरालाले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस