साझा पार्टीले तोक्यो उम्मेदवार : भक्तपुर क्षेत्र नं १ (क) मा सुरज प्रधान « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

साझा पार्टीले तोक्यो उम्मेदवार : भक्तपुर क्षेत्र नं १ (क) मा सुरज प्रधान


१४ कार्तिक २०७६, बिहिबार


भक्तपुर । आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि भक्तपुर क्षेत्र नं–१ (क) बाट प्रदेशसभामा साझा पार्टीले सुरज प्रधानलाई उम्मेदवार बनाउने भएको छ ।

प्रदेश नं ३ अन्तर्गत भक्तपुर क्षेत्र नं १ (क) को प्रदेशसभा सदस्यको उपनिर्वाचनका लागि साझा पार्टीले पार्टीका भक्तपुर जिल्ला संयोजक प्रधानलाई उम्मेदवार बनाउने निर्णय गरेको पार्टीका प्रवक्ता सूर्यराज आचार्यले जानकारी दिए ।

गत निर्वाचनमा नेकपा एमालेका तर्फबाट निर्वाचित हरिशरण लामिछानेको मस्तिष्कघातका कारण निधन भएपछि उक्त स्थान रिक्त रहेको थियो ।

नेपाली कांग्रेस भक्तपुरले सहमति जुटाउन नसकेपछि १० जनाको नाम सिफारिस गरेको छ भने नेकपामा आकांक्षी १६ जना भएपछि सहमति जुटाउन आज पनि बैठक जारी छ । अन्य दलहरुपनि उम्मेदवार छनोटका लागि आन्तरिक छलफलमा जुटेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस