जिल्ला प्रहरी कार्यालयमा १९३ को दरबन्दी खाली « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

जिल्ला प्रहरी कार्यालयमा १९३ को दरबन्दी खाली


१४ कार्तिक २०७६, बिहिबार


निजगढ । बारा जिल्ला प्रहरी कार्यालयमा नेपाल प्रहरीका ४६ युनिट छ । एक जिल्ला प्रहरी कार्यलय, १२ इलाका प्रहरी कार्यालय, १८ प्रहरी चौकी, १३ अस्थायी प्रहरी पोष्ट र अस्थायी सुरक्षा बेस क्याम्प, प्रमुख जिल्ला अधिकारी गार्ड, जिल्ला अस्पताल सुरक्षा गार्ड, सीमा सुरक्षा चौकी र विमानस्थल सुरक्षा गरी ४६ प्रहरी युनिट छ ।

अहिले एक अस्थायी प्रहरी चौकी र दुई प्रहरी चौकी भाडाको घरमा नै सञ्चालित छ भने बाँकी रहेका ४३ वटा प्रहरी युनिट आफ्नै भवन तथा विभिन्न सरकारी तथा गैर सरकारी कार्यालयका भवनबाट सञ्चालित रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक रञ्जीतसिंह राठोरले बताए ।

बरियारपुर प्रहरी चौकी, कचरवा प्रहरी चौकी र डुम्बरवाना अस्थायी प्रहरी चौकी अहिले पनि भाडाकै घरमा सञ्चालित छ । जिल्लामा ८८७ जनाको दरबन्दी रहे पनि ६९४ जना मात्र कार्यरत रहेका र १९३ जनाको दरबन्दी खाली रहेको उनले जानकारी गराए ।

भौतिक अभावका कारण प्रहरी चौकी तथा इलाका प्रहरी कार्यालय भाडाका घरमा सञ्चालल गरिएको हो । आफूहरुसँग आवश्यक बजेट नभएको र सरोकारवाला निकायले आफूहरुलाई वास्ता नगरेकैले हामी भाडाका घरमा बस्न बाध्य भएको हौँ जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता राठौरले बताए । खुला सीमाना भएको र आवश्यक दरबन्दीअनुसार जनशक्ति पूर्वाधारकोे अभावका कारण नागरिकले महसुस गर्ने गरी सुरक्षा प्रदान गर्न नसकिएको उनको भनाइ थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस