अध्यक्षद्वय थापा र राणा स्वदेश फिर्ता « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

अध्यक्षद्वय थापा र राणा स्वदेश फिर्ता


१४ कार्तिक २०७६, बिहिबार


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा सप्ताहव्यापी चीन भ्रमण सम्पन्न गरी आज स्वदेश फर्केका छन् ।

आइटिएफ ग्रेड वान टुर्नामेन्टअन्तर्गत आइटिएफ सेनजेन सिनियर्स सर्किट २०१९ प्रतियोगितामा भाग लिन यही कात्तिक ८ गते चीन गएका थापाले टेनिस प्रतियोगिताको पहिलो खेलमा जितेका थिए, भने दोस्रो खेलमा अग्रता कायम रहँदारहँदै अस्वस्थ्यताका कारण खेल छोडेका थिए ।

अध्यक्ष थापालाई खुट्टाको पिडौंला र तिघ्रामा समस्या आई ढाडसम्म समस्या बढेकामा अहिले स्वास्थ सामान्य रहेको पार्टीले जनाएको छ ।

यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टी ९संयुक्त०का अध्यक्ष पशुपतिशम्शेर जबरा पनि आज स्वदेश फिर्ता भएको नेता राजाराम श्रेष्ठले जानकारी दिए । गत असोज १८ गते निजी भ्रमणमा बेलायत गएका राणालाई विमानस्थलमा नेता तथा कार्यकर्ताले स्वागत गरेका थिए । दुबै पार्टीको एकताका लागि अनौपचारिक प्रयास भइरहेको जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस