भ्रमण वर्षभर विदेशी पाहुनालाई होटलमा ३० प्रतिशत छुट « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

भ्रमण वर्षभर विदेशी पाहुनालाई होटलमा ३० प्रतिशत छुट


१४ कार्तिक २०७६, बिहिबार


काठमाडौं । होटेल व्यवसायीले नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी ४५ प्रतिशत छुट दिने घोषणा गरेको छ ।

होटल संघ नेपाल (हान) ले भ्रमण वर्षलाई लक्षित गरी नेपाल आउने सबै विदेशी पाहुनाका लागि छुट दिने घोषणा गरेको हो ।

हानका महासचिव साजन शाक्यका अनुसार अब एक वर्षभर होटेलले आफ्नो रुमको मूल्यमा ३० प्रतिशत छुट दिने र खानामा पनि १५ प्रतिशत छुट दिने घोषणा हानले गरेको छ ।

शाक्यले भने, ‘पाहुनालाई भ्रमण वर्षमा केही सहुलियत दिने सोचसहित छूटको घोषणा गरेका हौं ।’

हानमा ठूलो लगानीका पर्यटकस्तरीयदेखि तारे होटेल सञ्चालकहरु आवद्ध रहेका छन् । यसअघि भ्रमण वर्ष मूल आयोजक समिति बैठकले सबै सरोकारवाला निकायबाट भ्रमण वर्षलाई लक्षित गरी के गर्न सकिन्छ भनी विवरण माग गरिएको थियो ।

सोही आधारमा हानले छुट योजना सार्वजनिक गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस