२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कीर्तिमानी नेपाली आरोही निर्मलको विमानस्थलमा भव्य स्वागत

अ+ अ-

काठमाडौं । नेपाली पर्वतारोही ले आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल सात महीनाको अवधिमा आरोहण गरी विश्व कीर्तिमान कायम गरेका छन् । सर्वोच्च शिखर सगरमाथासहित विश्वका १४ अग्ला हिमाल आरोहण गरी कीर्तिमान बनाएर फर्किएका आरोही निर्मल पुर्जासहितका आरोहीलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरियो ।

नेपाल पर्वतारोहण संघको नेतृत्वमा पञ्चेबाजा र नेपाल प्रहरीको ब्यान्डबाजासहित स्वागत गरिएको थियो । कीर्तिमानी आरोही पुर्जाको आरोही टिमका मिङ्मा डेभिड शेर्पा, ग्याल्जेन शेर्पा र जेसमान तामाङ आरोहण पूरा गरी आजै अपराह्न विमानस्थल आइपुगेका छन् ।

आरोही पुर्जाले मङ्गलबार बिहान स्थानीय समयअनुसार ८ः५८ बजे चीनको सिसापाङ्माको शिखरमा पाइला टेक्दै आठ हजार मिटरभन्दा अग्ला १४ हिमालको आरोहण सात महीनामै पूरा गरी कीर्तिमान बनाएको पर्वतारोहण संघका अध्यक्ष सन्तवीर लामाले जानकारी दिए ।

म्याग्दी घर भएका आरोही पुर्जा पूर्वब्रिटिस सैनिक छन् । आरोहीलाई गाडीमा राखेर नगर परिक्रमा गराइएको थियो । यसअघि सन् १९८७ मा पोल्यान्डका जर्जी कुकुच्जाले सात वर्ष ११ महीना १४ दिनको अवधिमा आठ हजार मिटर अग्ला १४ हिमालको आरोहण सम्पन्न गरेका थिए ।