कश्मीरमा गोली हानेर पाँच जनाको हत्या, एक गम्भीर « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

कश्मीरमा गोली हानेर पाँच जनाको हत्या, एक गम्भीर


१३ कार्तिक २०७६, बुधबार


काठमाडौं । भारतको कश्मीरमा गोली हानेर पाँच जनाको हत्या भएको छ । भारत प्रशासित कश्मीरको कुलगाम जिल्लास्थित कातरसु गाउँमा मंगलबार राति भएको घटनामा पाँच जनाको हत्या भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

भारतीय मिडियाहरुका अनुसार मारिने सबै पश्चिम बंगालका मुर्शिवादका बासिन्दा हुन् । उनीहरु मजदुर हुन् । यो घटनामा आतंकवादी समूहको संलग्नता रहेको छ ।

आतंकवादी समूहले पुलवाको एक विद्यालय बाहिर गस्ती गरिरहेका सुरक्षाकर्मीमाथि पनि गोली चलाएको तर कोही पनि घाइते नभएको बीबीसीले जनाएको छ ।

आक्रमणकारीको खाजी सुरु भएको छ ।

युरोपीयन संसदको एक प्रतिनिधिमण्डल जम्मु–कश्मीरको अवस्था बुझ्न आएको बेला आतंकवादी गतिविधि बढेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस