जिल्ला सदरमुकाम डोटी सुनसान « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

जिल्ला सदरमुकाम डोटी सुनसान


११ कार्तिक २०७६, सोमबार


डोटी । तिहार लागेसँगै जिल्ला सदरमुकाम सिलगढी बजार सुनसान बनेको छ ।

रोजगारी तथा पढाइको सिलसिलामा सिलगढीमा बसोबास गर्दै आएका डोटीलगायत अन्य जिल्लाका बासिन्दाहरू तिहारको समयमा आ–आफ्नो घर गएपछि सिलगढी बजार सुनसान बनेको हो ।

देश संघीयतामा गएसँगै राजधानीको पनि टुंगो लागेपछि सिलगढीको जनधनत्व घटेको थियो । तर चाडबाडको समयमा भने पूर्णरुपमा सुनसान बनेको छ ।

बजारमा देउसी भैलोको चहल पहल पनि यो वर्ष कमै देखिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस