२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दोबिल्ला-फलेवास सडक कालोपत्र शुरु, मुख्यमन्त्री गुरुङद्वारा शिलन्यास

अ+ अ-

पर्वत । ‘खुसी हुने भो, दोबिल्ला टू फलेवासमा सरसर गाडी चल्ने भो’ फलेवासका भजन समूहले आइतबार गाएको भजनको एक टुक्का हो ।

वर्षौंदेखि पक्की सडकको प्रतीक्षा गरेका देवीस्थानस्थित तल्लो फलेवासका बासिन्दाका लागि आइतबारको दिन महत्वपूर्ण थियो । आफ्नो ठाउँमा बन्न लागेको मल्याङ्गदी खोलादेखि मुडिकुवा, फलेवास ढिक हुँदै चन्दनी पुग्ने कालोपत्र सडकको शुभारम्भ कार्यक्रममा खुशियालीमा भजन पनि बाटो र विकासकै सन्दर्भमा गाएका हुन् ।

बाजागाजा, झाँकी र भजनसहित उपस्थित भएका फलेवासवासीले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसहितका अतिथिलाई भव्य स्वागत गरे, खुशियालीमा मज्जाले नाचे र आफ्नो खुशी यसरी गीतबाट पनि पोखेका थिए । पर्वतलगायतका क्षेत्रमा चुड्का र भजन लोकप्रिय छ । विकास र समृद्धिका कुरा भजनबाटै व्यक्त भएपछि मुख्यमन्त्री गुरुङ, सांसद पदम गिरी, गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेत, गण्डकी प्रदेशकै उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालसहितका अतिथि फलेवास नगरवासीको मीठो स्वागतमा मुस्काइरहेको देखिन्थ्यो ।

विसं २०५७ मा नै ट्र्याक खुलिसकेको र एक दशकअघि ग्राभेल भएको दोबिल्ला फलेवास सडकको कुस्मा नगरपालिकाको सिमाना मल्याङ्गदी खोलासम्म कालोपत्र भइसकेको छ । फलेवास शुरु भएपछि एक हजार ४०० मिटर कालोपत्रका लागि तयारी भएपछि कार्यान्वयन गर्ने निकायको अन्योलताका कारण ग्राभेल गरेर सडक त्यसै थन्किएको छ ।

यस वर्ष गण्डकी प्रदेश सरकारको रणनीति सडकअन्तर्गत मल्याङ्गदीदेखि चन्दनीसम्मको झण्डै १० किलोमिटर सडक कालोपत्र गर्ने कार्य शुरु भएको छ । दुई वर्षमा काम सक्ने गरी रु २६ करोड ५१ लाखमा प्यासिफिक/फेवा जेभीले सडक कालोपत्र गर्ने जिम्मा लिएको छ । आठ मिटर चौडा सडकमध्ये ५.५ मिटर सडक कालोपत्र हुने पूर्वाधार विकास कार्यालय पर्वतका प्रमुख दयाराम अधिकारीले बताए ।

नगरपालिका घोषणा हुँदा एक किलोमिटर पनि कालोपत्र सडक नभएको फलेवासमा पछिल्लो समय सडक कालोपत्र गर्ने, चौडा गर्ने काम धमाधम भइरहेको छ । गएको वर्षसम्म झण्डै १० किमी सडक कालोपत्र भइसकेको छ भने यस वर्ष कालोपत्रका धेरै योजना शुरु भएका छन् । मल्याङ्गदी खोलादेखि चन्दनीसम्मको सडक नगरपालिकाको सेन्टर चक्रपथ अन्तर्गतको सडक हो । यो सडक कालोपत्र गरिएपछि फलेवासको एउटा महत्वपूर्ण सडक कालोपत्रे गर्ने योजना सफल भएको नगरप्रमुख पदमपाणि शर्माले बताए ।

सडकको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शिलन्यास गरे। उनले यो सडक महत्वपूर्ण सडक भएको बताउँदै समयमा नै गुणस्तरीय काम सक्न निर्माण व्यवसायीलाई निर्देशन दिए । प्रदेशको राजधानी पोखराबाट हरेक स्थानीय तहमा पुग्ने सडक कालोपत्र गर्ने, रणनीतिक महत्वका सडकहरु निर्माण गर्ने र करिडोर र लोकमार्गहरु सम्पन्न गरेर पूर्वाधारमा सबैभन्दा अगाडि बनाउने योजना प्रदेश सरकारको रहेको पनि बताए।

संघीय संसद् प्रतिनिधिसभाका सदस्य पदम गिरीले निर्वाचनमा आउँदा जनताले धुले सडकलाई कालोपत्र गरिदिनुपर्ने प्रमुख माग राख्दै आएको र यस पटक जनताको चाहना पूरा गरेरै छाडिने प्रतिबद्धता जनाएका थिए । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री बस्नेतले पर्वत जिल्लामा मात्रै संघीय सरकारबाट ११ वटा र प्रदेश सरकारबाट ४१ वटा गरी ५२ वटा सडकमा बजेट विनियोजन भएको बताउँदै पर्वत जिल्ला भौतिक पूर्वाधारमा अब्बल बन्छ भने ।

गण्डकी प्रदेशकै उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लम्सालले दोबिल्ला फलेवास सडकको बाँकी खण्ड पनि कालोपत्र भएपछि वषांैदेखिको योजना र सपना पूरा भएको बताउँदै आफूलाई तल्लो फलेवासमा विकास गरेन भनेर लगाउने आरोपबाट पनि मुक्ति पाएको भने ।रासस