हवाई क्षेत्र प्रयोग गर्न दिन भारतले गरेको आग्रह पाकिस्तानद्वारा अस्वीकार « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

हवाई क्षेत्र प्रयोग गर्न दिन भारतले गरेको आग्रह पाकिस्तानद्वारा अस्वीकार


११ कार्तिक २०७६, सोमबार


काठमाडौँ । पाकिस्तानको हवाई क्षेत्र प्रयोग गर्न दिन भारतले गरेको आग्रह पाकिस्तानले अस्वीकार गरेको छ ।

आइतबार पाकिस्तानका विदेशमन्त्री शाह महमुद कुरैसीले भारतको आग्रहलाई अस्वीकार गरेको जानकारी दिएका हुन् । यससँगै प्रधानमन्त्री मोदी लामो बाटो हुँदै पुगे साउदी अरब पुगेका छन् ।

उनले भने, ‘२७ अक्टुबर कश्मीरको लागि कालो दिन हो । हामीले कश्मीरमा भएको मानवअधिकार उल्लंघनलाई हेरेर भारतको अनुरोध अस्वीकार गरेका छौं ।’ कुरैशीका अनुसार पाकिस्तानस्थित भारतीय दूतावासलाई त्यसको जानकारी दिइसकिएको छ ।

पाकिस्तानले भारतीय प्रधानमन्त्री मोदीको भ्रमणको क्रममा आफ्नो हवाई क्षेत्र प्रयोग गर्न नदिएको पछिल्लो दुई महिनाको अवधिमा यो दोस्रो पटक हो । यसअघि २० सेप्टेम्बरमा पनि भारतले मोदीको जर्मनी भ्रमणको बेलामा पाकिस्तानको आकाश हुँदै उड्ने अनुमति मागेको थियो । भारतको त्यो अनुमतिलाई पनि पाकिस्तानले अस्वीकार गरेको थियो ।

पाकिस्तानले हवाई क्षेत्र प्रयोग गर्न नदिएपछि भारतीय हवाई जहाजहरुलाई विदेश जाँदा लामो बाटो प्रयोग गर्नुपर्ने हुन्छ । लामो हवाई मार्ग प्रयोग गर्दा उडान खर्चिलो हुन्छ । यसअघि बालाकोट आक्रमणको बेलामा पनि पाकिस्तानले आफ्नो हवाई क्षेत्र बन्द गरेको थियो । उडान लामो र खर्चिलो हुने भएपछि भारतका धेरै एयरलाइन्सहरुले अन्तर्राष्ट्रिय उडान रद्द गरेका थिए ।

पाकिस्तानले इन्कार गरेपछि सोमबार भारतीय प्रधानमन्त्री मोदी एयर इन्डियाको विमानबाट लामो बाटो हुँदै साउदी पुगेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस