बौद्ध साहित्य नेपाली भाषामा अनुवाद « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बौद्ध साहित्य नेपाली भाषामा अनुवाद


१० कार्तिक २०७६, आइतबार


काठमाडौं । बौद्ध साहित्यमा महत्त्वपूर्ण मानिएको अष्टसहस्रिका प्रज्ञा पारमिताको नेपाली भाषामा अनुवाद सम्पन्न भएको छ ।

बुद्ध वचन अनुवाद समिति नेपालले गत २ वर्षदेखि प्रज्ञा पारमिताको अनुवाद शुरू गरेकोमा उक्त कृति भोट भाषाबाट नेपालीमा अनुवाद गरिएको हो ।

शाक्यमुनि बुद्धले दिएको ज्ञानलाई बोध गरी दुःखबाट मुक्ति प्राप्त गर्ने उपाय कौशलका रुपमा प्रज्ञा पारमितालाई लिइएको छ । उक्त कृतिमा ८ हजार पंक्ति रहेकाले त्यसलाई संस्कृत भाषाबाट अष्टसहस्रिका प्रज्ञा पारमिता भनिएको हो ।

पुरानो धार्मिक दस्तावेजका रुपमा रहेको उक्त कृति अनुवादपछि १ हजार ३०० पृष्ठको चाँडै सर्वसाधारणका लागि बजारमा ल्याइने अनुवाद समितिका संयोजक एवं बौद्ध विद्धान् टिका शेर्पाले जानकारी दिए ।

बौद्ध साहित्यको महत्त्वपूर्ण कृति प्रज्ञा पारमिता हो । यसमा २५ हजार पंक्तिको पञ्चबीसंती र १ लाख पंक्तिको सतसहस्रिका प्रज्ञा पारमितासमेत छन् । तिनलाई अनुवाद गर्न बाँकी छ ।

राष्ट्रिय गौरवको आध्यात्मिक परियोजनाका रुपमा लिएको अनुवाद आगामी २ वर्षभित्र यसलाई पूरा गरिने समितिले जनाएको छ ।

यसको लागत करीब ४ करोड रुपैयाँको छ । यसमा वैदिक दर्शन र बौद्ध दर्शनबीचको निकट सम्बन्धलाई देखाइएको छ । साहित्यमा आत्म, अनात्मा र शून्यता विषयको दार्शनिक पक्षलाई समेटिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस