२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लामोसाँघुको विद्युत सबस्टेशनमा आगलागी

अ+ अ-

सिन्धुपाल्चोक । नेपाल विद्युत् प्राधिकरणको सिन्धुपाल्चोक वितरण केन्द्रको सबस्टेशनमा आगलागी भएको छ । आइतबार मध्याह्न सबस्टेशनको ट्रान्सफर्मर अचानक पड्किएर आगलागी हुँदा ३० एमभिए क्षमताको ट्रान्सफर्मर पूर्णरुपमा जलेको छ ।

अचानक ट्रान्सफर्म ठूलो आवाजका साथ पड्किएको र त्यसपछि सबस्टेशनमा आगोको मुस्लो उठेको सबस्टेशनका कर्मचारी फुर्पासाङ्गे लामाले जानकारी दिए । ‘अचानक ठूलो आवाजका साथ पड्कियो, त्यसपछि त राँको उठिहाल्यो’, उनले भने, ‘एक–दुई जनाले तत्काल निभाउन सक्ने अवस्था नै भएन ।’

आगलागीपछि नेपाली सेनाको विद्युत् प्राधिकरण सुरक्षा गुल्म, सशस्त्र प्रहरी, नेपाल प्रहरी, प्राधिकरणका कर्मचारी र स्थानीय अगुवाहरु आगो नियन्त्रणमा खटिएपछि झण्डै डेढ घण्टामा आगो नियन्त्रणमा आयो । आगलागीपछि नेपाली सेना तत्काल नियन्त्रणमा खटिएको नेपाली सेनाका प्राधिकरण सुरक्षा गुल्मका क्याप्टेन प्रल्हाद केसीले बताए ।’

प्राधिकरणका अनुसार जलेको ट्रान्सफर्मर मर्मत हुने/नहुने यकिन छैन । केबुल र क्वाइनहरु नै जलेका छन्, ३० एमभिए क्षमताको यो ट्रान्सफर्मर पूर्णरुपमा क्षति भएको अनुमान छ । ‘यो ट्रान्सफर्मरको मूल्य तीन करोडभन्दा बढी पर्दछ, मर्मत हुन सकेन भने तीन करोड त उसै क्षति भइहाल्यो’, सिन्धुपाल्चोक वितरण केन्द्रका इलेक्ट्रिक इन्जिनीयर राजन भण्डारीले भने ।