३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सामुदायिक वनमा चियाखेती

अ+ अ-

गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–२ गौश्वाराको सिद्धभूमे हरियाली सामुदायिक (उद्यान) वनमा गरिएको चियाखेती सफल भएपछि यस वर्षदेखि समुदायले उत्पादन लिने तयारी गरेका छन् । सामुदायिक वनको १० रोपनी क्षेत्रफल जमीनमध्ये चार रोपनी क्षेत्रफलमा परीक्षणको रुपमा गरिएको चियाखेती सफल भएको सिद्धभूमे हरियाली सामुदायिक वन उपभोक्ता समितिका सदस्य रामबहादुर गुरुङले जानकारी दिए ।

समुद्री सतहदेखि करीब दुई हजार २०० मिटरको उचाइमा रहेको गौश्वारामा सात वर्षअघि गोल्डेन जातको चियाका ५ हजार बिरुवा परीक्षणको रुपमा लगाइएको थियो । तिनै बिरुवा हुर्केर अहिले सो क्षेत्र चियाको वनमा रुपान्तरण भएको छ ।

‘हामीले परीक्षणको रुपमा लगाएका बिरुवाले यस वर्षदेखि उत्पादन दिन सफल भएका छन्’, गुरुङले भने, ‘चिया खेती निकै राम्रो भएको छ । आगामी दिनमा चियाका बिरुवाहरु थप्ने योजनामा छौँ ।’ गौश्वारा गाउँ शितोष्ण हावापानी भएको र पूर्वतर्फ फर्किएको जौविक विविधताले सम्पन्न नमूना गाउँ हो ।

गौश्वाराको वन क्षेत्रमा साल, सिर्मु, सल्लोलगायतका काठ तथा विभिन्न किसिमका जडिबुटीहरु, एवं जङ्गली जनावर र पक्षी देख्न सकिने स्थानीय परमेश्वर मल्लले बताए । उनले भने, ‘चिया खेतीलाई प्रवर्द्धन गरी व्यावसायिक खेती शुरु गर्ने हो भने राम्रो आम्दानी गर्न सकिन्छ ।’

प्रतिक्रिया दिनुहोस