३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नक्कली गरिमा धानको बीउ बेच्नेबाट क्षतिपूर्ति भराइने

अ+ अ-

चितवन । नेपालमा गरिमा भनी बिक्रि गरिएको धानको बीउ गरिमा नभएको पाइएको छ। राष्ट्रिय बीउबिजन समितिले फरक धान परेको भन्दै गरिमा धानमा भएको क्षतिपूर्ति मूल्याङ्कन र सिफारिस गर्न प्रचलित कानूनअनुसारको समितिलाई निर्देशन गरेको छ।

कृषि तथा पशुपक्षी मन्त्रालयका सचिव तथा समितिका अध्यक्ष डा युवकध्वज जिसीको अध्यक्षतामा बिहिबार बसेको बैठकले सो समितिलाई एक महिनाभित्र सम्बन्धित मन्त्रालयमा प्रतिवेदन पेश गर्न जिम्मेवारी दिएको छ। समितिका सदस्य सचिव बीउबिजन गुणस्तर नियन्त्रण केन्द्रका प्रमुख मदन थापाका अनुसार समितिमा दर्ता भएको गरिमा वर्णशङ्कर जातको धान सुचीकृत जातको सुचीबाट हटाउन सम्बन्धित मन्त्रालयमार्फत नेपाल सरकारलाई सिफारिस गर्ने निर्णय गरिएको छ।

बैठकले दर्ता गर्दा पेश गरिएको प्रस्तावनाअनुसार बाली पाक्नुपर्ने अवधिभित्र धानमा बाला नलागी बाली उत्पादनमा क्षति भएको, उक्त धानको अन्य गुणसमेत दर्ता गर्दाका समयमा पेश भएको गुणसँग मेल नखाएको र नेपाल कृषि अनुसन्धान परिषद्, बीउबिजन तथा प्रविधि महाशाखाले गरिमा भनी लगाइएका बालीको नमूना लिई गरेको डिएनए फिङ्गरप्रिन्टिङअनुसार दर्ता गर्दाको अवस्थाको वर्णशङ्कर जातको धानसँग मेल नखाएको पाइएको निर्णय गरिएको उनले जानकारी दिए।

विसं २०७६ वैशाख ११ मा सूचित बीउबिजन पैठारी अनुमतिपत्र प्राप्त गरी सनराइज एग्रीकल्चर रिसर्च सेन्टर प्रालि लमही दाङले भारतको हैदरावादस्थित रिनोभा सिड साइन्स इन्डिया प्रालिबाट गरिमा जातका वर्णशङ्कर धानको जात आयात गरी नेपालका विभिन्न क्षेत्रमा बिक्री वितरण गरेको थियो। सो धान थन्काउनु पर्ने समयमा बाला नलागेपछि विज्ञ अनुसन्धान टोलिले स्थलगत निरीक्षण गरेको थियो।

बीउबिजन गुणस्तर नियन्त्रण केन्द्रका सूचना अधिकारी रमेश हुमागाईंका अनुसार सो कम्पनीले गरिमा जातको ४० टन धानको बीउ आयात गर्ने अनुमति लिएको थियो। कम्पनीले ३४ टन मात्र भित्र्याएको र २३ टन बिक्री गरेको जनाएको हुमागाईंले बताए। एक हेक्टर जमीनमा १५ किलो धानको बीउ प्रयोग हुने गर्दछ। यसलाई हेर्दा एक हजार ५०० हेक्टरभन्दा बढी क्षेत्रफलमा गरिमा धान लगाइएको अनुमान गरिएको छ।

बीउबिजन नियमावली २०५९ को दफा ३६ ले कसैले बिक्री गरेको बीउबिजनको गुणस्तर र गलत सूचनाका कारणले कसैलाई आर्थिक हानिनोक्सानी पुग्न गएको मूल्याङ्कन समितिले गरेको मूल्याङ्कन र सिफारिसका आधारमा सम्बन्धित पक्षले कृषकलाई क्षतिपूर्ति दिनुपर्ने उल्लेख छ।

प्रतिक्रिया दिनुहोस