२९ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रगतिशील देउसीमा सुरुङ, रेल र जलमार्गका गीत !

अ+ अ-

काठमाडौं ।

“सुरुङमार्ग, रेलमार्ग बन्ने जलमार्ग
कुरा सुन्दा पनि आज खुशी लागिराछ
समृद्धिको सपनाको साकार रूप चाहियो
नेपालीको मुहारमा खुशी सुख चाहियो ।”

उज्ज्यालो र सद्भावको चाड दीपावली मा समाज रुपान्तरणमा सघाउने गीत–सङ्गीत र रचनासहित समाजका अन्य वर्गझैँ स्रष्टाहरु पनि आपसमा देउसीभैलोको रमाइलोमा कस्सिएका छन् । मुलुकले लिएको समृद्धिको राष्ट्रिय आकाङ्क्षा पूरा हुनुपर्ने चाहनालाई तिहारको देउसी–भैलोका क्रममा साहित्यकार र कलाकारबाट साहित्यिकरूपमै अभिव्यक्त भएको छ । तिहारकै अवसरमा सिस्नुपानी नेपालले हरेक वर्ष व्यङ्ग्यात्मक एवं चेतनामूलक देउसीभैलोको आयोजना गर्दै आएको छ । जनसांस्कृतिक महासङ्घ नेपालले पनि सामूहिक देउसीभैलो र नाचगानको कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षालाई पूरा भएको देख्न चाहने स्रष्टाहरुले रचनामार्फत समृद्धिको समनाको साकार रुपको माग गरेका हुन् ।

सामन्तवाद र साम्राज्यवादविरोधी वामपन्थी लेखकको मोर्चाका रूपमा विसं २००९ देखि कार्यरत प्रगतिशील लेखक सङ्घ (प्रलेस) तिहारको देउसीभैलो परम्परालाई सांस्कृतिक रुपान्तरणसहित समाजिक उन्नयनको ध्येय लिएर काठमाडौँका विभिन्न साहित्यकार र साहित्यप्रेमीको निवासमा पुगेको छ । वामपन्थी लेखकहरुले धर्मका आधारमा जोडिएका चाडहरुलाई पुरानै शैलीमा मनाउन नहुने र ‘बलि राजाले पठाएको’ भन्ने सन्देशको देउसीभैलो कार्यक्रम आयोजना गर्न नहुने तर्क पनि सुनिने गरेका छन् तर प्रलेसले कुनै राजा महाराजाले पठाएको भन्ने अर्थमा नभई सामाजिक रुपान्तरणका लागि आफैँले आफूलाई पठाएको सन्देशसहित देउसीभैलो कार्यक्रम गर्दै आएको छ ।

प्रलेसको देउसीभैलो सामग्रीमा महाकवि लक्ष्मीप्रसाद देवकोटा, महानन्द सापकोटा आदि अग्रज स्रष्टाका कतिपय छानिएका रचनांश पनि प्रस्तुत गरिएका छन् । महाकवि देवकोटाको

“गरीब भन्छौँ सुखको मझैँ धनी
मिल्दैन संसारभरि कतै पनि
विलासको लालस दास छैन म
मीठो छ मेरो रसिलो परिश्रम” लाई छन्दकवि रमेश शुभेच्छुलगायत टोलीले सस्वर सुनाएको थियो भने यो अर्को कवितांशले पनि मुलुक निर्माणका कठिन कामहरु पनि दत्तचित्त भएर लागेमा सम्भव हुने सन्देश दिएको छ

“फोर्दै जाऊ गिरी र पहरा झार साना गिटीमा
कुँद्दै जाऊ अलिअलि गरी शेष हून् शालिग्राम
गाल्दै जाऊ खनिज गतिला धातु छानेर गाल
खोस्री खोस्री जमीन तह यो विश्वको सिर्ज टार ।”

प्रलेसका अध्यक्ष डा जीवेन्द्रदेव गिरी, पूर्वमन्त्री शान्ता मानवी, उपाध्यक्ष सुशीला प्रधानाङ्ग, उपमहासचिव आरसी न्यौपाने सम्मिलित टोलीले शनिबार बिहानै नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीको गैरीधारास्थित निवासबाट साहित्यिक देउसीभैलोको थालनी गरेको थियो । कुलपति उप्रेतीले संस्कृतिलाई समयसापेक्ष रुपान्तरणसहित प्रलेसले साहित्यिक देउसीभैलो आरम्भ गरेकामा खुशी व्यक्त गर्दै भने, “संस्कृतिभित्र रहेका रुढी परम्परालाई हटाउँदै नयाँ सन्दर्भमा समाज र संस्कृतिका हरेक चिजलाई प्रगतिशील रुपन्तरण र वैज्ञानिक बनाउँदै जाने क्रममा प्रलेसको प्रयास सामयिक देखिन्छ ।”

प्रलेका अध्यक्ष डा गिरीले साहित्यिक भेटघाट, सांस्कृतिक रुपान्तरणको जागरण र संस्थाको काम सञ्चालनका लागि अर्थोपार्जनको उद्देश्य लिएर अभियानकै रुपमा देउसीभैलो कार्यक्रम गरिएको जानकारी दिए । प्रलेस टोलीको आशिष पनि काव्यात्मक नै रहेको छ

“उचो तेजी माथा चरण चरणै झुक्नु नपरोस्
खुला सङ्लो भैयोस् डर धक लिई लुक्नु नपरोस्
कुनै पीडा चिन्ता मनमन लिई दुख्नु नपरोस्
गरी बर्खे हल्ला शरद नपुगी सुक्नु नपरोस् ।”

प्रतिक्रिया दिनुहोस