२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

छमछमीको अन्तिम प्रतिस्पर्धा शनिबार

अ+ अ-

काठमाडौं । नेपाल टेलिभिजनको मौलिक ‘मेगा डान्स रियालिटी शो’ रियो छमछमी सिजन ४ को अन्तिम प्रतिस्पर्धा शनिबार हुने भएको छ । नेपाली सेनाको आर्मी अफिसर्स क्लबमा आकर्षक प्रस्तुतिसहित हुने विशेष कार्यक्रमको नेपाल टेलिभिजन र एनटिभी कोहलपुरले शनिबार राति प्रत्यक्ष प्रसारण गर्नेछन् ।

२०७५ साल कात्तिक १७ गतेबाट शुरु भएको यस प्रतियोगितामा देशका सात वटै प्रदेशका ११ स्थानमा प्रतिस्पर्धीको छनोट गरिएको थियो । काठमाडौँ, विर्तामोड, इटहरी, जनकपुर, हेटौँडा, चितवन, पोखरा, बुटवल, कोहलपुर, सुर्खेत र धनगढीमा भएका छनोट शत्रमा सयौँको सहभागिता थियो ।

छनोटका विभिन्न चरण पार गर्दै आएका प्रतियोगीमध्येबाट हाल पाँचजना प्रतियोगी अन्तिम प्रतिष्पर्धामा छन् । तिनै प्रतियोगीबाट एसएमएस भोटिङको आधारमा एक जना विजेता छानिने छन् भने अन्य दुई जना फस्ट रनर अप र सेकेण्ड रनर अप छानिनेछन् । अन्तिम पाँच प्रतियोगीमा दाङका आकाश विक, झापाका दीलमाया लिम्बू, महोत्तरीका नेशन सुस्लिङ मगर, मकवानपुरका सन्ध्या आचार्य र पोखराका सपना धाही थापा छिन् ।

प्रतियोगिताको विजेताले अल्टो के १० कार प्राप्त गर्ने छन् भने फस्ट रनरअपले रु पाँच लाख बराबरको र सेकेण्ड रनरअपले रु तीन लाख बराबरको उपहार प्राप्त गर्ने छन् । यसैगरीे उत्कृष्ट सात जनाले रु एक एक लाख बराबरको उपहार प्राप्त गर्ने छन् । यस प्रतियोगिताका निर्णायक मण्डलमा चर्चित नृत्याङ्गना एवं अभिनेत्री मिथिला शर्मा, कोरियोग्राफर महेश गोदार र नायिका सञ्चिता लुइँटेल रहेकी छन् ।

नेपालको विभिन्न भाषा, कला, संस्कृति र साहित्यको संरक्षण एवं सम्वर्द्धन गर्ने उद्देश्यले विसं २०६६ लमा नेपाल टेलिभिजनको रजत महोत्सवको अवसर पारेर डान्स रियालिटी शो छमछमीको शुरुआत भएको हो । कार्यक्रमको अन्तिम प्रतिस्पर्धामा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटालगायत विशिष्ट व्यक्तित्व तथा कलाकारको समेत सहभागिता रहने नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा.महेन्द्र विष्टले जानकारी दिएका छन् ।

छमछमी नाम दिएर शुरु गरिएको नेपालकै पहिलो रियालिटी शोको पहिलो सिजनमा झापाकी अनुजा अग्रवाल विजेता भइन् भने सिजन–२ मा झापाकै साजन तामाङ विजयी भएका थिए । यसैगरी तेस्रो सिजनको विजेता हेटौँडाका सरोज प्रजा भएका थिए ।रासस

प्रतिक्रिया दिनुहोस