२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुई ठूला देशबीच सम्बन्ध सुदृढ गर्न सरकार सफल : मुख्यमन्त्री गुरुङ

अ+ अ-

दमौली । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दुई ठूला छिमेकी देशबीच सम्बन्ध सुदृढ गर्न प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार सफल भएको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तनहुँले बडादशैँ, तिहार, नेपाल संवत्, छठ, बकरइदलगायत चाडपर्वका अवसरमा आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेकपाले अङ्गिकार गरेको सन्तुलित परराष्ट्रनीतिले दुई ठूला मुलुकबीच सुदृढ सम्बन्ध स्थापित भएको बताए ।

सदियौँदेखि अरुबाट हेपिएको अवस्थामा रहेको नेपालको अवस्था आज त्यस्तो नरहेको चर्चा गर्दै मुख्यमन्त्री गुरुङले भने, ‘भूगोलका आधारमा देश ठूलो–सानो भए पनि सार्वभौमिकता, न्याय र स्वतन्त्रता स्थापित हुनुपर्छ भन्ने मान्यता पहिलोपटक स्थापित भएको छ ।’ उनले नेपाल कुनै शक्तिको खेलमैदान नरहेको प्रमाणित भइसकेकाले यसलाई कायम राखिरहनुपर्नेमा जोड दिए । ‘केपी ओली नेतृत्वको सरकारको सन्तुलित परराष्ट्रनीतिका कारण आज नेपाललाई विदेशीले हेर्ने दृष्टिकोण बदलिएको छ’, उनले भने ।

विसं २०७४ को निर्वाचनले नेपालमा अब धेरै पार्टी आवश्यक छैन भन्ने म्याण्डेट दिएकाले समृद्ध नेपाल बनाउन सबै एकजुट भएर लाग्नुपर्नेमा मुख्यमन्त्री गुरुङले जोड दिए । प्रदेश सरकारमा आधारभूत संरचना र कानून निर्माण भएकाले अब विकासको बाटोमा अगाडि बढ्ने उनले बताए ।

मुख्यमन्त्री गुरुङले चाडपर्व सांस्कृतिक सम्पदा भएकाले सबै धर्म र जातिका चाडपर्वको संरक्षणका लागि सरकार प्रतिबद्ध रहेको उल्लेख गरे । सांस्कृतिक सहअस्तित्व, राष्ट्रिय एकता सार्थक बनाउन सबैलाई आह्वान गर्दै उनले भने, ‘सामाजिक सद्भाव, धार्मिक सहिष्णुता कायम गर्न चाडपर्वले प्रेरणा दिन्छ ।’

नेकपाका जिल्ला अध्यक्ष एवं सांसद केदार सिग्देलको अध्यक्षतामा आयोजित कार्यक्रममा गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ, प्रदेशसभा सदस्य आशा कोइराला, डोबाटे विक, सरिता गुरुङ, सांसद कृष्णकुमार श्रेष्ठ, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेलगायत सहभागी थिए ।