घुस लिएको अभियोगमा प्रहरी नायब निरीक्षक जिसीविरुद्ध मुद्दा « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

घुस लिएको अभियोगमा प्रहरी नायब निरीक्षक जिसीविरुद्ध मुद्दा


७ कार्तिक २०७६, बिहिबार


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलाका प्रहरी कार्यालय मङ्गलापुर रुपन्देहीमा कार्यरत प्रहरी नायब निरीक्षक खिमबहादुर जिसीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

बीमा सिफारिस गरिदिने भन्दै प्रहरी नायब निरीक्षक जिसीले एक सेवाग्राहीसँग रु १५ हजार घुस लिएको अभियोग लागेको छ । आयोगको टोलीले जिसीलाई केही दिन पहिले घुस लिँदै गरेको अवस्थामा कार्यालय परिसरबाटै पक्राउ गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस