२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मादलको व्यापार घट्दो

अ+ अ-

खाँदबारी । सङ्खुवासभाको खाँदबारीमा तिहार आउनै लाग्दा मादल खरीद बिक्री शुरु भएको छ । गीत सङ्गीतमा ताल बाजाको रुपमा मादल बढी नै प्रयोग गरिन्छ ।

चाडपर्वलाई लक्षित गरी सदरमुकाम खाँदबारीलगायत जिल्लाका अन्य मुख्य बजारमा समेत मादल बिक्री गर्न थालिएको छ ।

तिहारमा देउँसी, भैँलो खेल्दा मादल प्रयोग हुने भएकाले तिहार लक्षित मादल बिक्री शुरु भए पनि व्यापार भने घट्दो छ । एउटा मादलको मूल्य २ हजारदेखि १२ हजारसम्म पर्ने गरेको छ । सानो र ठूलो मादलको मूल्य फरक फरक पर्दछ ।

मादल व्यवसाय गर्दै आएका भोजपुर केउरेनीपानी–१ का टेकबहादुर बिसुंखेले मादलबाट वार्षिक रु एक लाख ५० हजार आम्दानी हुने गरेको भए पनि पछिल्लो वर्षहरुमा व्यवसायमा निराशा आएको बताए ।

केही वर्षअघिसम्म ठूला चाडपर्व, स्थानीय मेलापर्वमा मादल बजाएर नाचगान गर्ने चलन थियो । तिहारमा गाउँका टोलटोलमा मादल बजाएर देउँसी, भैलो खेल्नेहरुको थुप्रै समूह पाइन्थ्यो । आधुनिकतासँगै विद्युतीय बाजाको प्रयोग बढ्न थालेपछि मादलको महत्व कम हुँदै गएको हो । डिजिटल गीत सङ्गीतको कारण मादल नै सङ्कटमा पर्न थालेपछि यो व्यवसायमा लागेकाहरुलाई भने झनै समस्या पर्दै गएको दिङ्लाका मादल व्यवसायी रमेश धुलोकोटीले बताए ।

पहिलेपहिले जोर मादल बजाएर आँगनमा देउसी खेलिन्थ्यो तर अहिले क्यासेट बजाएर सिकुवामा देउसी खेल्ने चलनले मादल लोप भएको धुलोकोटीको भनाइ छ । विद्युतीय बाजा सस्तोमा पाइने भएकाले मादल बिक्री वितरण कम हुँदै गएको छ । विद्युतीय बाजाको प्रयोगका कारण मादल बनाउने पेशा अङ्गालेका व्यक्तिहरुको व्यवसाय नै सङ्कटमा पर्दै गएको छ । रासस

प्रतिक्रिया दिनुहोस