३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुनसरीका कृषक तरकारी खेतीतर्फ आकर्षित

अ+ अ-

इनरुवा । सुनसरी देवानगञ्ज गाउँपालिका–४ का रुपेश मेहताले एक बिघा पाँच कट्ठा जग्गामा अहिले तरकारी खेती गरेका छन् । मेहताले एक बिघा जग्गामा काउली, दुई कट्ठा जग्गामा बन्दाकोबी र तीन कट्ठा जग्गामा मुला लगाएका छन् ।

मेहताले करीब रु एक लाख ५० हजारको लागतमा तरकारी खेती गरे । उनले जस्तै देवानगञ्ज गाउँपालिका–३ का अरबिन्द गुप्ताले १८ कट्ठा जग्गामा काउली खेती गरेका छन् । गुप्ताले रु ८० हजारको लगतमा आफूसँग भएको १८ कट्ठा जग्गामा अन्य कुनै बाली नगरेर तरकारी बाली लगाए । त्यस्तै देवानगञ्ज गाउँपालिका–३ का जनकलाल मेहताले दुई बिघा १३ कट्ठा जग्गामा तरकारी खेती गरेका छन् ।

आफूसँग भएको जग्गामा जनकलालले १० कट्ठामा काउली, १५ कट्ठामा ब्रोकाउली, १० कट्ठामा बन्दाकोबी, पाँच कट्ठामा भण्टा, तीन कट्ठामा मुला र १० कट्ठामा अलुवाखेती गरेका छन् । उनले रु दुई लाखको लागतमा तरकारी खेती गरेका हुन् । त्यस्तै देवानगञ्ज गाउँपालिका–३ का सरजुग मेहताले एक बिघा तीन कट्ठामा तरकारीखेती गरेका छन् । उनले एक बिघामा काउली र तीन कट्ठा जग्गामा टमाटरखेती गरेका छन्। रु १ लाख २५ हजारको लगानीमा एक बिघा तीन कट्ठामा तरकारी खेती गरेका छन् ।

त्यस्तै देवानगञ्ज गाउँपालिका–४ का विन्देश्वरी पण्डितले दुई बिघा जग्गामा तरकारी खेती गरेका छन् । उनीहरु त्यस क्षेत्रका लागि उदाहरणका पात्र मात्र छन् । उनीहरु जस्तै त्यस क्षेत्रका सयौँ कृषकले तरकारी खेती गरेर लाखौँ रुपैयाँ आम्दानी गर्न सफल भएका छन । धान, मकै, गहुँलगायतका अन्य बालीबाट राम्रो आम्दानी हुन छोडेपछि अहिले त्यस क्षेत्रका कृषक काउलीखेतीलाई मुख्य पेशाको रुपमा लिएका छन् । आफूहरुले काउली खेतीबाट मात्रै वार्षिकरुपमा रु ५ लाखदेखि १० लाखसम्म आम्दानी गर्ने गरेको र भएको आम्दानीबाट छोराछोरीलाई राम्रो शिक्षादीक्षा दिनुका साथै घरपरिवार समेत चलाउन सफल भएको कृषक बिन्देश्वर पण्डितले बताए ।

तरकारी खेतीबाट सोचेको जस्तो आम्दानी भए पनि समस्या पनि उत्तिकै रहेको स्थानीय डुमरलाल मेहताले बताए । कृषकलाई समयमा जनमजदुर नपाउनु, समयमा सिँचाइ उपलब्ध नहुनु, समयमा खाद्य मलको सुविधा नहुनु, उत्पादन भएको तरकारीको बजार नपाउनु, लगानीअनुसारको तरकारीको मूल्य नपाउनुलगायतको समस्या रहेको अनुपम तरकारी कृषि सहकारी संस्थाका अध्यक्ष रामवृक्ष मेहताले बताए ।

सुनसरीमा अहिले वार्षिकरुपमा रु एक अर्बभन्दा बढीको तरकारीको कारोवार हुँदै आएको कृषि ज्ञान केन्द्र सुनसरीका बागवानी विकास अधिकृत तृपितनारायण मिश्रले बताए । जिल्लामा वार्षिकरुपमा तीन हजार ४१५ हेक्टर क्षेत्रफलमा तरकारीखेती हुँदै आएको छ । तरकारी खेतीका लागि विभिन्न समस्याको सामना गर्दै आएको कृषकलाई समस्याबाट मुक्त गराउन र तरकारीखेतीतर्फ अझ आकर्षित गर्नका लागि स्थानीय, प्रदेश र केन्द्र सरकारको ध्यान केन्द्रित हुन आवश्यक छ ।रासस

प्रतिक्रिया दिनुहोस