जनकपुरमा गोली हानी एक व्यवसायीको हत्या « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

जनकपुरमा गोली हानी एक व्यवसायीको हत्या


६ कार्तिक २०७६, बुधबार


जनकपुरधाम । जनकपुरमा एकजनाको गोली हानी हत्या भएको छ। जनकपुरधाम उपमहानगपालिका १ का अन्दाजी ४० बर्षीय मनोज साहको गोली हानी हत्या भएको हो।

प्रहरीका अनुसार जनकपुरको मुजेलियामा स्थानीय पंकज चौधरीले पेस्तोलबाट प्रहार गरेको गोली लागेर साहको घटनास्थलमै मृत्यु भएको छ। चौधरीले पैसा माग्न जाँदा उनीमाथि गोली हानेको हो ।

साह जनकपुरस्थित शिव आयल पेट्रोल पम्पका सञ्चालक हुन्। साहको शव जनकपुर अञ्‍चल अस्पतालमा राखिएको छ।

प्रहरीले गोली हानने पंकज चौधरीलाई घरबाटै पक्राउ गरेको जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस