प्रहरी चौकी बनाउन निःशुल्क जग्गा प्रदान « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

प्रहरी चौकी बनाउन निःशुल्क जग्गा प्रदान


५ कार्तिक २०७६, मंगलबार


पर्वत । लामो समयदेखि भाडाको घरमा बस्दै आएको प्रहरी चौकीको आफ्नै भवन निर्माणका लागि यहाँका एक स्थानीयले निःशुल्क जग्गा उपलब्ध गराएका छन् । फलेवास नगरपालिका–९ भँगरामा प्रहरी चौकीको भवन निर्माण गर्न स्थानीय मानबहादुर क्षेत्रीले तीन रोपनी जग्गा निःशुल्करूपमा उपलब्ध गराएका हुन् ।

साविक भँगरा गाविस वडा नं ४ मा रहेको तीन रोपनी जग्गा प्रहरी चौकीको भवनका लागि निःशुल्करूपमा उपलब्ध गराइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । प्रहरी चौकी निर्माण गर्न सार्वजनिक जग्गासमेत नभएकाले अहिलेसम्म भाडाको घरमा सञ्चालन हुँदै आएको थियो ।

क्षेत्रीले पाँच लाख बराबरको जग्गा उपलब्ध गराएको बताए । उक्त जग्गा सोमबार क्षेत्रीले जिल्ला मालपोत कार्यालयबाट प्रहरी चौकीको नाममा पास गरिदिएका हुन्। उनले जग्गाको लालपुर्जा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक अर्याललाई हस्तान्तरण गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस