माथिल्लो डोल्पामा हेपाटाइटिस ‘बी’ भयावह बन्दै « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

माथिल्लो डोल्पामा हेपाटाइटिस ‘बी’ भयावह बन्दै


३ कार्तिक २०७६, आइतबार


दुनै/डोल्पा । प्राणघातक रोग हेपाटाइटिस“बी”माथिल्लो डोल्पामा निकै भयावह बन्दै गएको छ ।

माथिल्लो डोल्पाका प्रायः सबैजसो गााउँहरुमा हेपाटाइटिस ‘बी’ फैलिएसँगै यहाँको अवस्था विकराल बन्दै गएको हो ।

केही समय अगाडि डोल्पो महोत्सवको बेला डोल्पो बुद्ध गाउँपालिकाको धो मा एक एक पाइला नेपालले गरेको बृहत् स्वास्थ्य शिविरमा ठुलो सङ्ख्यामा हेपाटाइटिस ‘बी’ का बिरामी भेटिएका हुन् ।

निःशुल्क शिविरमा स्वास्थ्य जाँच गरिएका ३ सय ४३ जना मध्ये ७० जनालाई हेपाटाइटिस ‘बी’ पोजेटिभ देखिएको एक एक पाइला नेपालले तथ्याङ्क सार्वजनिक गरेको छ ।

कुल स्वास्थ्य परीक्षण गरेका बिरामीहरूमध्ये ३० प्रतिशतमा हेपाटाइटिस ‘बी’ पोजेटिभ देखिनु निकै ठुलो समस्या मात्रै नभएर विकराल नै भएको वीर अस्पताल काठमाडौँका वरिष्ठ कलेजो रोग विशेषज्ञ सुधाँसु केसीले बताए ।

जिल्लाको तथ्याकँ २० प्रतिशत रहेको भएपनी एक एक पाइलाले निकालेको तथ्याकँमा ३० प्रतिशत पाइएको हो । यो रोग लागेमा कलेजो सुनिँदै जाने दुब्लाएर, कमजोर हुँदै गएर अन्तमा ज्यान नै जाने हुने गरेको डाक्टर केसीले जानकारी दिए ।

माथिल्लो डोल्पामा हेपाटाइटिस ‘बी’ को प्रकोप विकराल रहेको र प्रत्येक चारमा एक जना पोजेटिभ भेटिएको डा। केसीले बताए । यसरी प्रत्येक वर्ष सङ्क्रमितको सङ्ख्या बढ्दै गए महामारीकै रुपलिने निश्चित भएको उनको दाबी छ ।

क्रिष्टल माउन्टेन विद्यालयका एक सय जना बालबालिका मध्ये १० जना बालबालिकाहरू हेपाटाइटिस ‘बी’का रोगी भेटिएका छन् । कलिला बालबालिकहरुमा समेत हेपाटाइटिस ‘बी’ बाट ग्रसित भएपछि रोगले झनै विकराल अवस्था लिएको चिकित्सकहरू बताउँछन् ।

डा. केसी भन्छन् ‘यस्तो रोग तिब्बतमा धेरै भएकाले त्यहाँका मान्छेसँगको हेलमेलका कारण रोग भित्रिएको हुन सक्छ, त्यसैले बच्चा जन्मने बित्तिकै लगाइने हेपाटाइटिस बी विरुद्धको खोप नलगाईदा पनि रोगको प्रकोप बढ्दै गएको छ ।’

हेपाटाइटिस ‘बी’रोगका विषयमा नागारिकलाइ कुनै पनि जानकारी नभएको पाइएकाले न्युनिकरणकालागि स्थानीय सरकारले जनचेतनामूलक कार्यक्रम गर्नुपर्ने डक्टर मेलीना हमालले बताइन् ।

माथिल्लो डोल्पामा धो गाउँ मात्रै नभएर, साल्दाङ्, भिजेर, छार्का, मुकोट, तिन्जे र फोक्सुन्डो लगायतका गाउँमा सङ्क्रमण देखिएको छ ।

शिविरमा स्वास्थ्य परीक्षणको क्रममा एकै घरका सम्पूर्ण परिवारमा हेपाटाइटिस बीको सङ्क्रमण भेटिएको छ । साना चार देखि दश वर्षका बालबालिकालाई समेत हेपाटाइटिस ‘बी’ को सङ्क्रमण भेटिएको छ ।

हेपाटाइटिस ‘बी’ न्यूनीकरण गर्ने औषधि काठमाडौँमा पाइने तर निकै महगो रहेको छ । यो रोगबाट बच्न प्रयोग गरेको सुई,सिरिन्ज लुगाफाटो प्रयोग नगर्ने, रोगीको जुठो नखाने र सरसफाइमा ध्यान दिनुपर्ने जिल्ला अस्पताल डोल्पाका डाक्टर मलिना हमालले जानकारी दिइन ।

हेपाटाइटिस ‘बी’ रोगको बारे स्वास्थकर्मिहरुलाइ समेत राम्रोसँग जानकारी छैन भने स्थानीय स्वयं सेवीका झनै अनविज्ञ रहेका छन् ।

रोगका विषयमा थोरै मात्रै जानकारी भएको डोल्पो बुद्ध गाउँपालिका १ की स्वयं सेवीका याङ्की गुरुङले बताइन् ।
‘गाउँमा हेपाटाइटिस ‘बी’ को अवस्था विकराल भएको जानकारी पाउँदा पाउँदै पनि स्थानीय सरकारले कुनै पनि कार्यक्रम गरेन’ याङकी भन्छिन् ।

प्राण घातक रोगले गाउनै थला पर्ने अवस्थामा पुग्दा समेत न्युनिकरणकालागि जनचेतनामूलक कार्यक्रम नगरेको भन्दै स्थानीयले दुःख व्यक्त गरे ।

गाउँका अधिकांश मान्छेलाई रोगका विषयमा कुनै पनि जानकारी नभएकाले पनि सङ्क्रमित व्यक्तिबाट रोग फैलँदै गएको स्वास्थकर्मीहरु बताउँछन् ।

पर्यटक त्रसित एकलाइ एचआइभी,तिनलाई हेपाटाइटिस सी
हेपाटाइटिस ‘बी’को सङ्क्रमण हरेक वर्ष बढ्न थालेपछि विभिन्न देशबाट आउने पर्यटक समेत क्रसितहुन थालेका छन् ।

माथिल्लो डोल्पाका गाउँमा हेपाटाइटिसको सङ्क्रमण भएकाले आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्यामा समेत कमी आउने खतरा बढेको पर्यटन व्यवसायीको भनाइ छ ।

एक एक पाइला नेपालले गरेको स्वास्थ्य शिविरका क्रममा स्वास्थ्य परीक्षण गर्दा एचआइभी सङ्क्रमित एक जना भेटिएको छ । त्यसैसरि ३ जनालाई हेपाटाइटिस सी भेटिएको डाक्टर मेलिना हमालले जानकारी दिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस