२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बिरामीको मृत्यु भएपछि चितवन मेडिकल कलेजमा तोडफोड

अ+ अ-

चितवन । चितवन मेडिकल कलेजको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै आफन्तले आज दिउँसो तोडफोड गरेका छन् । सो क्रममा भीड तितरवितर गर्न प्रहरीले अश्रुग्यास र लाठी प्रहार गरेको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार मृतकका आफन्तले अस्पतालमा ढुङ्गा प्रहार गर्न थालेपछि अश्रुग्यास र लाठीचार्ज गरेर भीडलाई तितरवितर पारिएको हो । सो क्रममा केही प्रहरी सामान्य घाइते भएको उनले बताए । प्रदर्शनकारीले प्रहार गरेको ढुङ्गाले अस्पतालको अगाडिको सिसा फुटेको उनले जानकारी दिए ।

नवलपुरको कावासोतीकी ३१ वर्षीया आशा ज्ञवालीको नाकको शल्यक्रिया गराउने क्रममा मृत्यु भएको थियो । कलेजको लापरवाहीका कारण ज्यान गएको पारिवारले दाबी गरेको छ । मृतक आशाका श्रीमान् पुकनारायण ज्ञवालीले अस्पतालको लापरवाहीका कारण आफ्नो श्रीमतीको ज्यान गएको बताए । डाक्टरको सल्लाह अनुसार नै नाकको शल्यक्रिया गर्न अस्पताल आएको मृतकका श्रीमान् पुकनारायणले बताए ।

दुई महिनाअघि चिकित्सकले दिएको सल्लाहअनुसार नै गत असोज २६ गते आशालाई अस्पातल ल्याइएको थियो । शल्यक्रिया अघि सबै परीक्षण गरेर २७ गते बिहान करीब ९ बजे तिर शल्यक्रियाका लागि अस्पताल लगिएको थियो । अस्पातलले शनिबार अपराह्न करीब ४ बजे आशाको मृत्यु भएको भनी जानकारी गराएको थियो ।

अस्पतालका निर्देशक डा.दयाराम लम्सालले बिरामीको मृत्युपश्चात अस्पतालले समिति गठन गरी अनुसन्धान शुरु गरेको बताए । मृतकका परिवारले शल्यक्रियामा संलग्न चिकित्सकको इजाजतपत्र खारेज र परिवारलाई उचित क्षतिपूर्तिको माग गर्दै आएका छन् ।