३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डोल्पामा कृषि मेला : केशरदेखी उखुसम्म(फोटो फिचर)

अ+ अ-

दुनै,डोल्पा । डोल्पा जिल्लामा आयोजित जिल्ला स्तरीय कृषि प्रदर्शनी मेला सम्पन्न भएको छ । प्रदर्शनीमा जिल्लाका कृषकले उत्पादन गरेको विभिन्न कृषि जन्य उत्पादनहरू राखेका थिए ।

कर्णाली प्रदेश सभा सदस्य सांसद बिरबहादुर शाहीले केशरको बिरुवामा पानी राखेर मेलाको उद्घाटन गरेका गरेको उक्त मेलामा उत्कृष्ट कृषक समूह, सहकारी, कृषकहरूलाई नगद, प्रमाणपत्र प्रदान गरिएको छ ।

जिल्लाभरका कृषकर्लाइ कृषि मेलामा सहभागी हुन भनिए पनि भौगोलिक विकटताका कारण सबै कृषक सहभागी हुन नसकेको कृषि विकास कार्यालय डोल्पाले जनाएको छ ।

तेलहन, दलहन र फलफुलले भरिपूर्ण रहेको मेलामा सयौ मानिसहरूले अवलोकन गरेका थिए । डोल्पामा अर्गानीक तरकारी तथा फलफुल उत्पादन बढ्दो रहेकोले सबैले कृषिमा ध्यान दिन त्रिपुरा सुन्दरी नगरपालिकाका नगरप्रमुख ओम बहादुर बुढाले कृषकलाई आग्रह गरे ।

मेलाले कृषकलाई उत्साहित जागरूक बनाएको र प्रदेश सरकारले कृषिका लागि अझै धेरै सहयोग गर्ने कर्णाली प्रदेश सरकारका सदस्य सांसद बिरबहादुर शाहीले प्रतिबद्धता जनाए । शाहीले भने ‘अघिल्लो आर्थिक वर्षमा कृषिमा डोल्पा उत्कृष्ट नै भएको थियो यो वर्ष पनि राम्रो नतिजा ल्याउने आसा छ ।’

मेलामा सहभागी कृषकले सान्त्वना स्वरूप प्रमाणपत्र र नगद सहित सम्मान पाएका छन् । मेलामा जिल्लाका अपत्यारिला स्याउ, ओखर, मुला, लौका लगायत अन्य कृषि उत्पादन राखिएका छन् भने स्याउ,आरुका जुस जाम र चाना पनि राखिएका छन् ।

त्यसका साथै कोसेली घरका सामान समेत कृषि मेलामा प्रदर्शनी गरेर राखेका छन् ।

प्रतिक्रिया दिनुहोस