२९ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महिलालाई हेर्ने दृष्टिकोण परिवर्तन हुनुपर्छ : उपसभामुख तुम्बाहाङफे

अ+ अ-

ललितपुर । उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले समाजमा महिलाको भूमिका परिवर्तन हुँदै गएको अवस्थामा महिलाप्रति हेर्ने दृष्टिकोण अझै पनि परिवर्तन नभएको बताएकी छन् ।

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी), सञ्चारीका समूह र संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)ले संयुक्त रुपमा यही कात्तिक १ र २ गते गोदावरीमा आयोजना गरेको दुईदिने ‘पत्रकार महिलाका लागि निर्वाचन र आम सञ्चारमाध्यम विषयक कार्यशाला र महिला राजनीतिज्ञसँगको अन्तरक्रिया’ समापन कार्यक्रममा उपसभामुख तुम्बाहाङ्फेले समाजमा महिलाको काम र भूमिका परिवर्तन हुँदै जाँदा उसलाई हेर्ने दृष्ट्रिकोण अझै उस्तै रहेकोमा चिन्ता व्यक्त गरिन् ।

उनले भनिन्, ‘जुनसुकै क्षेत्रमा लागी परेका महिलाले निरन्तर दरिलो तवरको भूमिका निर्वाह गर्दै जाँदा एक दिन अवश्य सफलता प्राप्त गर्न सक्छौं ।’ महिलाले समाजमा निर्वाह गरेको जिम्मेवारी, पेशालगायत व्यवसायले स्वयं पुरातन सोचको अन्त्य गराउन सक्ने तुम्बाहाङ्फेको बुझाइ रहेको छ ।

हरेक महिलाले विगतका कुराबाट सिक्दै अघि बढ्नु जरुरी भएको तुम्बाहाङ्फले औँल्याइन्। हाल पुरुषहरु रहेको नेतृत्व तहमा यदि महिलाले भूमिका निर्वाह गर्ने अवसर पाउने हो भने उनीहरु पक्कै सफल हुने उनले बताइन् ।

कार्यक्रममा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति पूर्णकुमारी सुवेदीले हरेक तहमा रहेका महिलाले आफूसँग भएको आत्मशक्ति, इच्छा शक्तिलगायतको दक्षतालाई निरन्तरता दिनुपर्ने बताइन् । सुवेदीले भनिन्, ‘समाजका सबै महिलाबीच एकपटक थप समन्वय र एकता कायम गर्न जरुरी देखिन्छ ।’

सांसद रामकुमारी झाक्रीले समाजशास्त्र विषयमा समेत महिलालाई पछि पारिएको गुनासो गरिन् । उनले भनिन्, ‘पुस्तकमा समेत हेपिएका महिलाको विरोध नीति निर्माणको क्रममा केही तलमाथि हुनु कुनै नयाँ कुरा होइन ।’

सांसद विन्दा पाण्डेले विगतमा अन्तरपार्टी महिला सञ्जालले महिलाको राजनीतिक भूमिकाको व्याख्या गर्दै अभिप्रेणा भरेको भनी धन्यवाद व्यक्त गरिन् । राष्ट्रियसभा सदस्य विमला राई पौडेलले मानिसको चरित्रहत्या गर्ने कुरामा धेरैभन्दा धेरै बुझेर बाहिर ल्याउन आग्रह गरिन् ।

प्रदेशसभा सदस्य अष्टलक्ष्मी शाक्यले महिलाको राजनीतिक विषयलाई साझा रुपमा विकास गरी माथि पुर्‍याउन जोड दिनुपर्ने बताइन् । उनले भनिन्, ‘देशमा राजनीतिक व्यवस्था परिवर्तन भएता पनि पितृसतात्मक मानसिकता भने अझै परिवर्तन भएको छैन ।’

सञ्चारिका समूहकी अध्यक्ष नितु पण्डितले यो कार्यक्रमले सञ्चार क्षेत्रमा लागेका महिला र राजनीतिक तहमा लागिपरेका महिलाबीच पुलको काम गर्न अहम् भूमिका निर्वाह गरेको बताइन् ।

प्रतिक्रिया दिनुहोस