३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नाङ्गेडाँडामा भुँइकटहरले हराभरा

अ+ अ-

महोत्तरी । रुखपात केही नदेखिने नाङ्गेडाँडामा अहिले भुँइकटहरका बिरुवा लहलहाएपछि बर्दिवास नगरपालिका–३ रजवासकी किसान हीरामाया राना दङ्ग परेकी छन्। जताततै ढुङ्ग्यान देखिने आफ्नै बस्ती माथिको नाङ्गेडाँडामा भुँइकटहर हराभरा भएर हुर्कदै गरेपछि हिरामायासहित सो बस्तीका किसानमा खुसी छाएको हो ।

‘तिखा ढुङ्गा भएकाले हिड्न पनि गाह्रोे हुन्थ्यो’ उनले डाँडामा रोपिएका भुँकटहर देखाउँदै भनिन्, ‘मान्छेले प्रयत्न गरे नहुने भन्ने केही रहेनछ ।’ हीरामायासहितका ३० किसानले सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल बर्दिवासको सहयोगमा उन्नत जातका भुँइकटहर रोपेपछि यसअघिको नाङ्गेडाँडा अहिले रजवास बस्तीकै नमूना ठाउँ बनेको छ । नाङ्गेडाँडाको १५ कठ्ठा क्षेत्रफलमा भुँइकटहर रोपिएको हो ।

रजवासको नाङ्गेडाँडामा हेल्भटासको सहयोगमा सामुदायिक विकास तथा पैरवी मञ्चले उपलब्ध गराएका ७ हजार ५०० टिसुकल्चर (वैज्ञानिक विधिबाट वृद्धि क्षमता बढाइएको) गरिएका भुँइकटहरका बिरुवा किसानले रोपेका हुन् । भुँइकटहरले किसानको आयआर्जनमा सहयोग पुग्नुका साथै वर्षायाममा डाँडाको माटो बग्नसमेत रोक्ने किसान सूर्यबहादुर कार्कीको विश्वास छ ।

पैरवीमञ्चको सहयोगमा करीब २०० घर भएको रजवासमा सबै घरपरिवारका मुली कुनै न कुनै किसान समूहमा आबद्ध छन् । किसानको सङ्गठित प्रयत्नबाट विगतमा गहत नउम्रने यो बस्तीमा अहिले सबैतिर कुलोको पानी लाग्ने भएको छ । चुरे घाँटीको सो बस्तीमा अहिले सबैजसो किसानले वर्षमा तीनबाली सहजै भित्र्याउने गरेका पैरवी मञ्चका अध्यक्ष नागदेव यादव बताउछन् ।

बस्तीमा अहिले चारवटा पोखरी निर्माण गरिएका छन् । नदीमा पानी सुकेका बेला पोखरीकै पानी मोटरले तानेर कान्लाकान्लामा पुर्‍याइएपछि हरियो तरकारी किन्न झोला बोकेर बजार जानु नपरेको बस्तीकै अर्का किसान रामबहादुर थापा बताउछन् । पछिल्लो एक दशकयता किसानको सङ्गठित प्रयत्न र पैरवीमञ्चको प्राविधिक सहयोगले कृषि उत्पादनमा सो बस्ती जिल्लाकै नमूना बनेको छ ।

सबै बाली प्राङ्गारिक विधिबाट लगाइने हुँदा यहाँको उत्पादन उपभोक्ताको पहिलो रोजाइमा पर्ने गरेको बर्दिवास–३ का वडाध्यक्ष राजन ढुङ्गानाको भनाइ छ । पछिल्लोपटक नाङ्गेडाँडामा लगाइएको भुँइकटहरले एकवर्षमै उत्पादन दिन थाल्ने बताइएको छ । सामूहिक रुपमा लगाइएको सो खेतीबाट एक वर्षपछि वर्षेनी करीब रु चार लाख आम्दानी गरिने किसानले बताएका छन् ।रासस

प्रतिक्रिया दिनुहोस