२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एक दशकदेखि सङ्कटमा सिंजा बहुमुखी क्याम्पस

अ+ अ-

सुर्खेत । सिंजा बहुमुखी क्याम्पस जुम्ला एक दशकदेखि सङ्कटपूर्ण अवस्थाबाट सञ्चालन हुँदै आएको छ । त्रिभुवन विश्वविद्यालयबाट २०६७ फागुन २० गते सम्बन्धन प्राप्त गरेको क्याम्पसमा कुनै पनि सरोकारवालाको ध्यान नजाँदा यसको अपेक्षित प्रगति हुन सकेको छैन ।

क्याम्पसमा २६ शिक्षकको दरबन्दी छ तर हाल तीनजना उप–प्रध्यापकले अध्यापन गराइरहेका छन् । स्नातक तहको व्यवस्थापन तथा शिक्षा सङ्काय सञ्चालनमा ल्याएको क्याम्पसमा एकातिर शिक्षक अभाव छ भने अर्कोतर्फ आर्थिक स्रोतको कुनै विकल्प छैन । क्याम्पसको आर्थिक, प्रशासनिक र व्यवस्थापकीय अवस्थामा सुधार नआउँदा यसको कुनै पनि उन्नति हुन नसकेको क्याम्पस प्रमुख तीर्थबहादुर नेपालले बताए ।

“क्याम्पसको आर्थिक स्रोत भनेकै तीनै तहका सरकार, विद्यार्थी भर्ना र परीक्षा शुल्क हो”, उनले भने, “यद्यपि कुनै पनि सरकारबाट आर्थिक तथा प्राविधिक सहयोग हुन नसक्दा क्याम्पस विजोग अवस्थामा पुगेको छ ।” सञ्चालक समिति र समुदायको अनुरोधमा विद्यार्थीको भर्ना शुल्क पाँच हजार लिने गरिएको क्याम्पस प्रमुख नेपालको भनाइ थियो ।

आर्थिक स्रोत अभावका कारण आफू स्वयंले पनि प्रतिमहीना छ हजार मात्र तलब खानुपर्ने बाध्यता रहेको उनले गुनासो गरे । उनका अनुसार आर्थिक स्रोतको नियमितता नहुँदासम्म क्याम्पसको शैक्षिक तथा संस्थागत विकास हुने अवस्था देखिँदैन ।

यता क्याम्पस सञ्चालक समितिका अध्यक्ष रणबहादुर रोकायाले सङ्घ र प्रदेश सरकारको सहयोग नहुँदा यहाँ अध्यापनरत शिक्षकको तलब व्यवस्थापन गर्न गाह्रो भएको राससलाई जानकारी दिए ।
यहाँको विकासका लागि सरकारी निकायबाट प्राप्त विभिन्न योजनाको कामबाट केही रकम बचाएर गाउँलेले क्याम्पसका शिक्षकलाई तलब खुवाउँदै आएको उनको भनाइ थियो । उनका अनुसार सिंजा बहुमुखी मध्यपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस भइसके पनि यहाँको आवश्यकताअनुसार जनशक्ति नभएकाले त्यसका लागि सम्बन्धित निकायमा पहल भइरहेको छ ।

सिंजा गाउँपालिकाले भने गत आव २०७५÷०७६ मा रु २९ लाख ७५ हजार र चालू आवमा भौतिक पूर्वाधार विकासमा १२ लाख सहयोग गरेको छ । विकास निर्माणका योजनामा यहाँका नागरिकले काम गरेर शिक्षकलाई पाल्नुपर्ने समस्याले क्याम्पसको अवस्था सङ्कटपूर्ण बन्दै गएको क्याम्पस सञ्चालक समितिले जनाएको छ । हाल यो क्याम्पस समुदायमा पूर्ण निर्भर छ ।

प्रतिक्रिया दिनुहोस