सौदामिनीको ‘ह्येर माउन्टेन्स् स्टुड टल’ उपन्यास विमोचित « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

सौदामिनीको ‘ह्येर माउन्टेन्स् स्टुड टल’ उपन्यास विमोचित


१ कार्तिक २०७६, शुक्रबार


काठमाडौं । लेखिका सौदामिनी शर्माको पहिलो कृति अङ्ग्रेजी भाषाको ‘ह्येर माउन्टेन्स् स्टुड टल’ उपन्यासको आज विमोचन गरिएको छ ।

‘बुक्स राइटिङ नेपाल’ द्वारा प्रकाशित सो पुस्तकको शिक्षासेवी बाबुकाजी कसपालले विमोचन गरेका हुन् । शिक्षासेवी कसपालले उपन्यासकारले शान्तिप्रिय नेपालको परिकल्पना गरेको र बालबालिकालाई जीवन संघर्ष हो, संघर्ष गर्नुपर्छ भन्ने सन्देश दिएको बताए ।

उपन्यासकार शर्माले सशस्त्र द्वन्द्वकालको पहाडी जनजीवनलाई कथावस्तु बनाएर शान्ति र विकासको सन्देशका लागि छ महिना लगाएर पुस्तक तयार पारेको जनाए । उनले नेपाली साहित्यलाई अन्तर्राष्ट्रियस्तरका पाठकमाझ लैजान अङ्ग्रेजी भाषामा पुस्तक लेखेको भन्दै आगामी दिनमा आफू पूर्णकालीन रुपमा साहित्यक्षेत्रमा सक्रिय रहने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस