२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुहबी-कटहरी प्रसारण लाइन ४५ दिनभित्रमा सम्पन्न गरिने

अ+ अ-

काठमाडौं । विवादको भूमरीमा फसेको दुहबी–कटहरी प्रसारण लाइन आगामी ४५ दिनभत्र निर्माण सक्ने गरी सहमति भएको छ । सो प्रसारण लाइनको क्षमता ३३ केभी रहेको छ । मोरङको ग्रामथान गाउँपालिकास्थित गिदनीय टोलका स्थानीयले करीब तीन किलोमिटर तार तान्न नदिएपछि निर्माणमा अवरोध भएको थियो ।

अवरोध हटाउन प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले आज त्यस क्षेत्रका संघीय सांसद अमनलाल मोदी, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, गाउँपालिका अध्यक्ष, उद्योग सङ्गठन मोरङका अध्यक्ष भीम घिमिरेलगायतसँग छलफल गरेका गरेपछि उक्त सहमति भएको हो ।

छलफलमा प्रसारण लाइन निर्माणको अवरोध हटाउन आवश्यक प्राविधिक पक्षको अध्ययन गरी ४५ दिनभित्रमा निर्माण सक्ने निर्णय गरिएको मुख्यमन्त्री राईले जानकारी दिनुए । ‘यो प्रसारण लाइन बन्न नसन्दा मोरङका उद्योग तथा आम उपभोक्तालाई गुणस्तरीय र भरपर्दो विद्युत् पाउन सकिरहेका छैनन्, त्यसैले विधि सम्वत् रुपमा समस्या समाधान गरी निर्माण तत्काल शुरु गरौँ’, उनले भने, ‘तारलाई भूमिगत गर्ने या अन्य विकल्प के के हुन्छन् प्राविधिक विकल्पको तत्काल खोजी गरी ४५ दिनभित्र काम सम्पन्न गरौँ, यसका लागि सम्पूर्ण उपायहरु अपनाइने छ ।’

मुख्य मन्त्री राईले निर्माणमा अवरोध हटेपछि समस्या समाधान गर्न पहल गर्दै यसअघि मोरङ क्षेत्र नम्बर ४ का संघीय सांसद अमनलाल मोदीसहित ग्रामथान गाउँपालिका अध्यक्ष, उद्योगी, व्यवसायी लगायतसँग छलफल गरेको थियो ।

आज भएको छलफलमा सांसद मोदीले यो प्रसारण लाइन निर्माणमा आफूले कहिले पनि अपरोध नगरेको प्रष्ट पारे । “प्रसारण लाइन निर्माणमा मोदीले पैसा मागेर अवरोध गर्‍यो भन्ने सम्मका गलत आरोप म माथि लगाइयो, तर मैलै अवरोध गरको छैन, लाइन निर्माण हुनुपर्छ भन्दै शुरुबाटै निरन्तर सहयोग गरिरहेको व्यक्तिमाथि झुटो आरोप लगाइयो’, उनले भने, ‘यस्ता आरोपमा कुनै सत्यता छैन, लाइन निर्माण गर्न तत्काल शुरु गरौँ यसमा मेरो पूर्ण सहयोग रहने छ ।’

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले त्यस क्षेत्रमा विद्युत् आपूर्तिलाई सुधार गर्न पहल गरिने बताए । प्राधिकरणले कहिले पनि प्रसारण लाइन निर्माणमा संघीय सांसदले पैसा मागेर अवरोध गरेको नभनेको स्पष्ट पारे । प्रसारण लाइनको ग्रामथानको गिदनीय टोलमा तीन किलोमिटर क्षेत्रमा बाहेक सबै स्थानमा लाइन निर्माण भइसकेको छ । सबस्टेसन निर्माण भइसकेको छ । तीन किलोमिटर तार तानिसकिएपछि प्रसारण लाइन र सबस्टेसनको चार्ज गरी सञ्चालनमा ल्याइने छ ।

उद्योग सङ्गठन मोरङ अध्यक्ष घिमिरेले विद्युत्भार कटौतीको अन्त्य भए पनि ट्रिपिङ र लो भोल्टेज लगायतको समस्या समाधान नभएकाले उद्योगी/व्यवसायीले ठूलोे आर्थिक नोक्सानी व्यर्होनु परिरहेको गुनासो गरे ।

अहिले कटहरी क्षेत्रमा टंकीसिनबारी र विराटनगर रानी सबस्टेसनको ११ केभी प्रसारण लाइनबाट विद्युत् आपूर्ति भइरहेको छ । टंकिसिनबारी सबस्टेसन अब थप लोड धान्न सक्ने अवस्थामा छैन । दुहबी–कटहरीको ३३ केभी प्रसारण लाइन सञ्चालनमा आउना साथ कटहरी–रंगेली करिडोरमा देखिएको विद्युत् आपूर्तिको समस्या समाधान हुन्छ, विराटनगरमा समेत भोल्टेजको समस्या देखिँदैन ।

प्रतिक्रिया दिनुहोस