नेपाल आइडल प्रतियोगी विक्रमको ‘ढाक्यो मायाले’ सार्वजनिक - प्रशासन प्रशासन

नेपाल आइडल प्रतियोगी विक्रमको ‘ढाक्यो मायाले’ सार्वजनिक


प्रकाशित मिति : १ कार्तिक २०७६, शुक्रबार १८:४४

काठमाडौं । नेपाल आइडल प्रतियोगी बिक्रम बरालको नयाँ गीत ‘ढाक्यो मायाले’ सार्वजनिक भएको छ ।

भिडियो सहित सार्वजनिक गीतमा उनलाई स्वरमा भ्वाइस अफ नेपालको ब्याटल राउण्डसम्म पुग्न सफल प्रतियोगी सम्झना पाण्डेले साथ दिएकी छन् ।

बैँशालु उमेरमा रहेका प्रेमी जोडीको माया प्रेमको कथा देखाउने प्रयास गरिएको भिडियोमा गायिका सम्झनाले मोडल निराजन प्रधानसँग रोमान्स गरेकी छन् ।

गहिरो प्रेममा रहँदा प्रेमी जोडीले गर्ने क्रियाकलाप भिडियोमा देखाइएको छ । भूपेन्द्र महतको शब्द, हरि लम्सालको सङ्गीत रहेको गीतको भिडियो शान थापाले निर्देशन गरेका हुन् । अर्जुन तिवारीले छायाँकन गरेको भिडियोमा नकुल खड्काको सम्पादन र राजिव समिरको कोरियोग्राफी रहेको छ ।

हेर्नुस् भिडियो :

Tags: , ,

प्रतिक्रिया दिनुहोस