३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विदेशबाट फर्केर कृषिबाट वार्षिक डेढ करोड आम्दानी

अ+ अ-

हेटौँडा । मनहरी गाँउपालिका–५ कि अनिता स्याङ्बोले कृषिबाट वार्षिक करीब रु एक करोड ५० लाख आम्दानी गर्ने बताएकी छन् । रु एक करोडको लगानीमा शुरु गरिएको कृषि फारमबाट उनले वार्षिक रु दुई करोडसम्म आम्दानी गर्ने लक्ष्य राखेकी छन् ।

उनले एक वर्ष अगाडि अनु एकीकृत कृषि फार्म दर्ता गरेर लोकल जातका कुखुरा, माछा, बङ्गुर र खसीबोका पालेकी छन् । उनको फार्मले आम्दानी दिन शुरु गरिसकेको छ । फार्ममा हाल करीब २ हजार ५ सय लोकल कुखुरा, ३० वटा जती ब्याउने अबस्थामा रहेको पोथी बङ्गुर, माछा र खसीबोका छन् ।

उनले पालेका २८ पोथी बंगरले जन्माएका करिब १ हजार ५ सय बंगुरका बच्चा बिक्रीबाट करिब रु ९० लाख आम्दानी भएको उनले बताइन्। एउटा पोथी बंगुरले एक बर्षमा करिब ५० बच्चा जन्माउने र एउटा बच्चा रु आठ हजारसम्म बिक्री भइरहेको उनले जानकारी दिइन् ।

त्यसैगरी उनले पालेका लोकल कुखुराले पनि आम्दानी दिइसकेका उनको भनाई छ । माछा बजारमा लैजान तयारी अबस्थामा रहेका उनले बताइन् । पोखरीमा ३५ हजार माछा रहेकामा कम्तीमा ३० हजार किलो माछा बेच्न सकिने लक्ष्य उनको छ । माछाबाट करीब रु १० लाख आम्दानी हुने अनुमान उनको छ । प्रत्येक छ महीनामा माछा झिक्न सकिने उनी बताउछिन् ।

खसीबोकाका लागि भने अझ केही समय लाग्ने अनिताले जानकारी दिइन् । तिहार लगत्तै माछा बजारमा लैजाने तयारी रहेको र माछाबाट करिब रु १५ लाख आम्दानी हुने उनले बताइन् । सबै गरेर एक बर्षको आम्दानी करिब रु डेढ करोड हुने उनको दाबी छ ।

दाजुहरु अलग बसिसकेका, दिदीबहिनीको विवाह भइसकेकाले एक्लैले बाबुआमा र परिवारको जिम्मेवारी सम्हालेर परिवारको समेत सहयोगबिना अनिताले विदेशको रु एक लाख ५० हजारको तलब छाडेर स्वदेशमै कृषि फार्म दर्ता गरी पशुपक्षी पालिरहेकी छन् ।

सानै उमेरमा नै घर त्यागेर तत्कालीन माओवादी सेनामा लागेकी २६ वर्षीया उनी शान्ति सम्झौता र सेना समायोजन पश्चात दुबई प्रहरीमा पाँच वर्ष काम गरेर आम्दानी गरेको रु एक करोड कृषिमा लगानी गर्ने सोचले एक वर्ष अगाडि नेपाल फर्केकी थिइन् ।

उनले भनिन्, ‘त्यहाँ लगानी जम्मा नहुञ्जेलसम्म काम गरेँ, आफूसँग गाँउमा नै काम गर्न लगानी भएपछि कृषि गर्छु भनेर फर्केकी हुँ, कृषिमा लगानी गरेमा लगानी उठ्नेमात्र होइन, मनग्य आम्दानी हुने रहेछ ।’ उनले १० कट्ठा आफ्नै तथा १० कट्ठा लिजमा लिएर एक बिघा जमीनमा एक वर्षअघि कृषि फार्म शुरु गरेकी हुन् ।

उनको फार्ममा एक व्यवस्थापकसहित तीन कर्मचारी छन् । व्यवस्थापनका लागि समय मिलेसम्म आफैँ खटिने गरेको र कर्मचारीबाहेक समय समयमा अन्य व्यक्तिबाट पनि काम लिने गरेको उनकोे भनाइ छ । नजिकै सुकुम्वासी बस्ती रहेका कारण कामदारको अभाव नहुने उनी बताउछिन् । अहिले व्यवसायले सन्तुष्टि दिइरहेको र अझै बढाएर यही पेशालाई निरन्तरता दिने उनको सोच छ ।

प्रतिक्रिया दिनुहोस