३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धानमा कालो पोके रोगको प्रकोप

अ+ अ-

बलेवा । धानमा दाना लाग्ने समयमा कालो पोके रोग लागेपछि बागलुङको जैमिनी नगरपालिकाका किसान चिन्तित बनेका छन् । नगरपालिकाको झण्डै ३०० हेक्टर जमीनमा लगाइएको ‘शङ्कर युएस १२’ नामको हाइब्रिड धानमा उक्त रोग लागेको छ । चिसो र वर्षाका कारणले लाग्ने सो रोगले ५० प्रतिशतसम्म उत्पादन घटाउने कृषि प्राविधिक बताउँछन् ।

कालो पोके रोग लागेपछि धानको दाना नलाग्ने, लागेको दाना नबढ्ने र पुष्ट दाना नहुने समस्या हुने बताइएको छ । ‘धानका लागि कालो पोके खतरनाक रोग हो’, कृषि प्राविधिक रवीन्द्र शर्माले भने, ‘यसपाली पोके धेरै देखिएकाले धान उत्पादन घट्ने निश्चित छ ।’ धानमा दाना लागेर पुष्टिने बेलामा लागेको रोगले उत्पादन घटाउने स्थानीय किसान होमनाथ शर्माले बताए ।

‘भएको एक हलको मेलो जमीनमा यहीँ धान लगाएको थिएँ, पाँच मुरी धान फल्ने खेतमा ५० पाथी उब्जिन्छ कि उब्जिन्न’, उनले भने, ‘बीउ गतिलो नपरेर हो कि मौसमका कारणले हो, उत्पादन घटेर बर्बाद बनाउने भयो ।’ उनीजस्तै अन्य किसानले लगाएको धानमा सो रोगको समस्या छ । कालो पोके रोगकै कारण विगतको तुलनामा यस वर्ष धानको उत्पादन ह्वात्तै घट्नेमा किसान चिन्तित छन् ।

‘शङ्कर युएस १२’ नामको हाइब्रिड धानमा बाहेक अरु स्थानीय जातका धानमा रोगको सङ्क्रमण नरहेको प्राविधिक शर्माले बताए । जैमिनीका किसानले केही वर्ष पहिलेदेखि नै यो धानको बीउ प्रयोग गर्दै आएका थिए । ‘दश वर्ष पहिलेदेखि यहाँ उत्पादन हुँदै आएको धान हो’, नगरपालिकाका कृषि शाखा प्रमुख अर्जुनप्रसाद श्रेष्ठले भने, ‘यसपटक चिसो र वर्षाका कारण कालो पोकेको समस्या देखापर्‍यो ।’

रोगको सङ्क्रमणका कारण धानखेतीमा क्षति पुग्ने निश्चित भए पनि किसानले क्षतिपूर्ति भने नपाउने भएका छन् । नेपाल सरकारले ‘शङ्कर युएस १२’ जातको धानको बीउ सामुन्द्रिक सतहबाट ७०० मिटर तल मात्रै प्रयोग गर्न सिफारिस गरेको छ । जैमिनीका किसानले सो धान लगाएको अधिकांश भूभाग ७०० मिटरभन्दा माथि एक हजार चार सय मिटरसम्म रहेकाले क्षतिपूर्ति सिफारिस गर्न नसकिने श्रेष्ठ बताउछन् ।

‘हाम्रो सल्लाह र सिफारिसमा लगाइएको होइन, किसानले आफैँ ल्याएर बीउ लगाए’, उनले भने, ‘सिफारिस नभएको बीउले बेलाबेला धोका दिइरहन्छ ।’ विगतका वर्षमा राम्रो उत्पादन भएको भन्दै कृषि शाखाका प्रमुख श्रेष्ठले नै बीउ बिक्री गरेका थिए । ‘सरकारले सिफारिस गरेको छैन तर किसानले मागेपछि हामीले पनि बीउ दियौँ’, उनले भने, ‘अहिले अधिक वर्षा र छिटो चिसो मौसम शुरु भएकाले समस्या देखियो ।’ किसानले भने मौसमी सङ्क्रमणका कारण भएको भन्दै क्षतिपूर्ति पाउनुपर्ने माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस