एनआरएनएको अध्यक्षमा कुमार पन्त विजयी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

एनआरएनएको अध्यक्षमा कुमार पन्त विजयी


१ कार्तिक २०७६, शुक्रबार


काठमाडौं । गैरआवासीय नेपाली संघको नवौँ विश्व अन्तर्राष्ट्रिय सम्मेलनको निर्वाचनमा अध्यक्ष पदमा कुमार पन्त विजयी भएका छन् ।

निर्वाचन समितिले दिएको जानकारीअनुसार नयाँ नेतृत्वमा पन्तसहित अधिकांश वामपन्थी समूहले विजय हासिल गरेको छ । अन्तिम मतपरिणाम भने सार्वजनिक भइसकेको छैन । पन्तका प्रतिस्पर्धी कुलप्रसाद आचार्य रहेका थिए ।

प्राप्त जानकारीअनुसार उपाध्यक्षमा हिक्मत थापा, डा. बद्री केसी, अर्जुनकुमार श्रेष्ठ, मन केसी, सोनाम लामा र महिला उपाध्यक्षमा रविना थापा विजयी भएकी छन् ।

महासचिवमा डा. हेमराज शर्मा, सचिवमा गौरीराज जोशी, कोषाध्यक्षमा महेश श्रेष्ठ र सहकोषाध्यक्षमा लोक दाहाल विजयीभएका छन् ।

निर्वाचनमा करीब दुई हजार ५०० मतदाता रहेका थिए । ४२ पदका लागि भएको निर्वाचनमा ७६ जना प्रतिस्पर्धी थिए ।

प्रतिक्रिया दिनुहोस