प्रदेश लोक सेवा आयोगको सदस्यमा गौतम र पोखरेल नियुक्त « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रदेश लोक सेवा आयोगको सदस्यमा गौतम र पोखरेल नियुक्त


३० आश्विन २०७६, बिहिबार


रुपन्देही । प्रदेश नं ५ को प्रदेश लोक सेवा आयोगको सदस्यमा बाबुराम गौतम र राहेल पोखरेल नियुक्त भएका छन् ।

प्रदेश लोक सेवा ऐनअनुसार मुख्यमन्त्री शङ्कर पोखरेलको संयोजकत्वमा बनेकोे सिफारिस समितिको सिफारिसका आधारमा प्रदेश प्रमुख उमाकान्त झाले आज आयोगमा एक महिलासहित दुई जना सदस्य नियुक्त गरेका हुन् ।

गुल्मीको दरबार गाउँपालिका– २ निवासी गौतम र रुपन्देहीको साविक टिकुलीगढ– १ निवासी पोखरेललाई आयोगको सदस्यमा नियुक्त गरिएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेलले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस