२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पर्यटनको विकासका लागि सरकार प्रतिबद्ध : मन्त्री गुरुङ

अ+ अ-

पोखरा । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले पर्यटनको विकासका लागि सरकार प्रतिबद्ध भएको बताएका छन् ।

ट्रेकिङ एजेञ्सिज एशोसिएसन अफ नेपाल(टान)पश्चिमाञ्चल क्षेत्रीय संघको २६औँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उनले प्रदेश सरकारले पर्यटनलाई प्राथमिकतामा राखेको बताए । पर्यटन यातायात, सञ्चार, सुरक्षा लगायतका हरेक पक्षसँग सम्बन्धित हुने बताउँदै उनले यसको विकासका लागि सामूहिक प्रयास आवश्यक हुनेमा जोड दिए ।

टानका केन्द्रीय अध्यक्ष खुमबहादुर सुवेदीले पदयात्रा सूचना व्यवस्थापन प्रणाली(टिम्स)लाई व्यवस्थित एवं प्रभावकारी बनाइने बताउँदै पदयात्रामा क्रियाशील मजदूरका हकहित र सुरक्षामा आफूहरू प्रतिबद्ध भएको धारणा राखे । टान पश्चिमाञ्चल क्षेत्रीय संघका अध्यक्ष हरि भुजेलले पदयात्रा पर्यटनमा क्रियाशील पर्यटक सहयोगीका लागि संघले आवश्यकताअनुसार तालीम दिँदै आएको बताए ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले जथाभावी बाटो खन्ने नाममा पदमार्ग सङ्कटमा पर्दै गएको बताउँदै पदयात्रा पर्यटनलाई जोगाउन सबैको साथ र सहयोग आवश्यक हुने उल्लेख गरे ।

कार्यक्रममा पदयात्रा पर्यटनमा समाचार सम्प्रेषणका माध्यमबाट महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै टान उत्कृष्ट पत्रकार अवार्डबाट अन्नपूर्ण पोष्टका समाचारदाता कृष्णमणि बराललाई रु १० हजार नगदसहित सम्मान गरिएको थियो ।

उक्त अवसरमा उत्कृष्ट पर्यटक गाइड अवार्डबाट सुनिता गुरुङलाई सम्मान गरिएको थियो भने पर्यटन प्रहरी पोखरा, सगरमाथा आरोही गोपाल श्रेष्ठ, खिमलाल गौतम लगायतलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका प्रमुख काशीराज भण्डारी, टान पश्चिमाञ्चल क्षेत्रीय संघका पूर्वअध्यक्ष एवं सल्लाहकार वसन्तराज दवाडी, सङ्घका सचिव जीवनराज सापकोटा, अन्नपूर्ण गाउँपालिका म्याग्दीका अध्यक्ष क्या गमबहादुर गुरुङ लगायतले पदयात्रा पर्यटनले नेपालको पर्यटनमा पारेको प्रभाव लगायतका विषयमा बोलेका थिए ।रासस

प्रतिक्रिया दिनुहोस