नेकपाको संगठन विभागमा तीन सदस्य थप « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

नेकपाको संगठन विभागमा तीन सदस्य थप


२९ आश्विन २०७६, बुधबार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को संगठन विभागमा तीन सदस्य थपिएका छन् ।

बुधबार बसेको सचिवालय बैठकले अष्टलक्ष्मी शाक्य, भानुभक्त ढकाल र हरि अधिकारीलाई थप गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जनाएका छन् ।

यसअघि संगठन विभागको प्रमुखमा वामदेव गौतम र उपप्रमुखमा जनार्दन शर्मा ‘प्रभाकर’मात्र थिए ।

तीन जना सदस्य थपिएसँगै नेकपाको संगठन विभाग पाँच सदस्यीय बनेको छ ।

प्रतिक्रिया दिनुहोस