आजदेखि सरकारी कार्यालय नियमित, सेवाग्राही बढ्दै « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

आजदेखि सरकारी कार्यालय नियमित, सेवाग्राही बढ्दै


२७ आश्विन २०७६, सोमबार


कार्यालय सञ्चालन

काठमाडौं । दशैँको बेला बन्द रहेका सरकारी कार्यालय आजदेखि नियमित रुपमा खुलेका छन् । सप्तमीदेखि बन्द भएका कार्यालय गत असोज २३ गते खुलेपनि आजदेखि नियमित रुपमा खुलेका हुन् ।

कार्यालय खुलेसँगै सेवाग्राही पनि आउन थालेका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले कार्यालय खुलेसँगै सेवाग्राहीको आउन थालेको बताए ।

‘कार्यालयका केही टाढा रहेका कर्मचारी आउन बाँकी रहेको छ । दैनिक जसो नियमित कार्य शुरु गरिएको छ’, उनले भने, ‘आजदेखि विस्तारै सेवाग्राहीहरु बढेका छन् ।’

दशैँमा पाँच दिन सरकारी कार्यालय बन्द रहेका थिए । आइतबार पनि सरकारले चीनका राष्ट्रपति सी चिनफिङको राजकीय भ्रमणका अवसरमा सार्वजनिक बिदा दिएपछि आजदेखि मात्र नियमित रुपमा कार्यालय खुलेका हुन् ।रासस

Tags :
प्रतिक्रिया दिनुहोस