काठमाडौं । कांग्रस सांसद मोहमद अलामको सेवासुविधा रोक्का भएको छ । १४ व्यक्तिको हत्या आरोपमा पक्राउ परेसँगै रौतहट–२ का नेपाली कांग्रेसका सांसद आलमको सेवासुविधा रोक्का गरिएको हो ।,
प्रतिनिधिसभा नियमावलीको दफा २४४ को उपदफा ३ मा फौजदारी अभियोगमा पक्राउ गरेको जानकारी प्राप्त भएमा थुनामा रहेको अवधिभर सांसदको हैसियतमा कुनै कार्य गर्न कुनै उन्मुक्ति वा अधिकार प्राप्त नहुने उल्लेख भएबमोजिम आलमको सेवा सुविधा राक्का गरिएको हो ।
नियमावलीमा त्यस्ता सांसदको पारिश्रमिक र सेवा सुविधा स्थगित हुने व्यवस्था छ।
उनी अदालतबाट दोषी ठहर भए निलम्बनमा पर्नेछन् र उक्तपद रिक्त रहने छ । दोषी ठहर नभएसम्म उनी सांसदको लोगो लगाएरै जेलमा रहनेछन्।
१२ वर्षअघि पहिलो संविधानसभा चुनावका बेला आलमकै घर नजिक भएको बम विष्फोटमा परी दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो। विष्फोटमा घाइते भएका ११ जनालाई इँटाभट्टाको भुङ्ग्रोमा हालेर हत्या गरेको आरोपमा पक्राउ परेसँगै उनले सांसदको हैसियतमा कुनै पनि अधिकार प्रयोग गर्न पाउने छैनन्।
उक्त हत्याकाण्डबारे जाहेरी दिने शेख रूक्साना खातुनलाई गोली हानेर मारेको आरोप समेत उनलाई लागेको छ।







