सी को बिदाई हुँदै गर्दा बाबुरामको ट्विट : वार्ता र सहमति कार्यकारी प्रमसँग हुनुपर्थ्यो ! « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सी को बिदाई हुँदै गर्दा बाबुरामको ट्विट : वार्ता र सहमति कार्यकारी प्रमसँग हुनुपर्थ्यो !


२६ आश्विन २०७६, आइतबार


काठमाडौँ । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले चिनियाँ राष्ट्रपतिसँगको भ्रमणमा नेपाल सरकार चुकेको बताएका छन् ।

नेपालको दुई दिने औपचारिक भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी चिनफिङको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ हुँदै गर्दा ट्विटमार्फत औपचारिक वार्ता र सहमति कार्यकारी प्रमसंग हुनुपर्ने बताएका हुन् ।

‘चीनका महामहिम राष्ट्रपतिको ऐतिहासिक नेपाल भ्रमणकालागि नेपाल र चीनको सरकारलाई हार्दिक बधाई तर भ्रमणको क्रममा नेपाल सरकारले केही कुरामा ध्यान पुर्‍याएन कि ?’ बाबुराम भट्टराईले उल्लेख गरेका छन्  ‘नेपालका संवैधानिक राष्ट्रपतिसँग शिष्टाचार भेट मात्र गरेर सबै औपचारिक वार्ता र सहमति समझदारी कार्यकारी प्रमसंग हुनुपर्ने थियो।’

Tags :
प्रतिक्रिया दिनुहोस