नेपाल–चीन दुईपक्षीय प्रतिनिधिमण्डलबीच उच्चस्तरीय वार्ता सुरु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नेपाल–चीन दुईपक्षीय प्रतिनिधिमण्डलबीच उच्चस्तरीय वार्ता सुरु


२६ आश्विन २०७६, आइतबार


काठमाडौं । नेपाल–चीन दुईपक्षीय प्रतिनिधिमण्डलबीच होटल सोल्टीमा आइतबार बिहानदेखि उच्च स्तरीय भेटवार्ता सुरु भएको छ । राष्ट्रपति सी र प्रधानमन्‍त्री केपी शर्मा ओलीबीचको शिष्टाचार भेटवार्तापछि दुईपक्षीय प्रतिनिधिमण्डलबीच उच्चस्तरीय वार्ता सुरु भएको हो ।

उच्चस्तरीय वार्तालाई प्रधानमन्‍त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सीले सम्बोधन गरेका छन्। वार्तापछि महत्वपूर्ण समझदारी पत्रमा पनि हस्ताक्षर हुने छ।

आइतबार बिहान नै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित सचिवालय सदस्हरुसँग भेटवार्ता भएको थियो। सीले प्रधानमन्त्री ओली र प्रचण्डसँग अलग्गै भेटवार्ता गरेका छन्।

शनिबार अपराह्न नेपाल आएका सीले शनिबार बेलुका राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका थिए। शनिबार बेलुका नै सी र देउवाबीच होटल सोल्टीमा भेटवार्ता भएको थियो।

सी आइतबार मध्यान्ह १ बजे  स्वदेश फर्किने कार्यक्रम छ।

प्रतिक्रिया दिनुहोस