राष्ट्रपति भण्डारीद्वारा चिनियाँ राष्ट्रपति सी लाई स्वागत « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

राष्ट्रपति भण्डारीद्वारा चिनियाँ राष्ट्रपति सी लाई स्वागत


२५ आश्विन २०७६, शनिबार


काठमाडौँ । नेपालको दुई दिने राजकीय भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी चिनफिङलाई नेपालका राष्ट्रपति विद्या भण्डारीले विमानस्थलमा स्वागत गरेकी छिन्।

स्वागतको केही बेरपछि नै विमानस्थलमै सीको स्वागतमा गार्ड अफ अनर अर्पण गरिने छ। सो कार्यक्रममा दुवै देशको राष्ट्रपति सहभागी हुने छन्।

गार्ड अफ अनर अर्पण गर्ने कार्यक्रम सकिएपछि राष्ट्रपति भण्डारीले प्रधानमन्त्री लगायतको परिचय गराउने कार्यक्रम छ।

Tags :
प्रतिक्रिया दिनुहोस