गाईघाट । उदयरपुर जिल्लाको त्रियुगा नागरपालिका–९ चौकीबारीमा गएराति आमा छोरीको विभत्स हत्या गरिएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार चौकीबारीका स्थानीय ३२ वर्षीया सारदा चौधरी र उनीकी ९ वर्षकी छोरी रचना चौधरीको धारिलो हतियार प्रयोग गरेर हत्या गरिएको हो ।
छिमेकीले खबर गरेपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली जटनास्थल पुगेको थियो । घटनाको अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
प्रहरीका अनुसार मृतकको श्रीमान वैदेशिक रोजगारीका क्रममा विदेशमा छन् । हत्या गर्ने व्यक्ति अझै पत्ता लागेको छैन । सुनसरीबाट तालीमप्राप्त कुकुर झिकाएर अनुसन्धान सूरु गरिएको प्रहरीले जनाएको छ ।







