२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सी चिनफिङ नेपालमा २० घण्टा

अ+ अ-

काठमाडौँ । चिनिया राष्ट्रपति सी चिनफिङ शनिबार दिउँसो करिब साढे ३ बजे त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थलमा ओर्लिसँगै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गर्ने छन् ।

परराष्ट्र मन्त्रालयले उपलब्ध गराएको समय तालिका अनुसार चिनियाँ राष्ट्रपति सी विमानस्थलबाट सिधै कालिमाटीस्थित सोल्टी होटल पुग्नेछन् र साढे ४ बजेपछि सोल्टी होटलमा नेपालका राष्ट्रपति भण्डारीसँग भेटवार्ता हुनेछ।

आइतबार बिहान साढे ७ बजेपछि सोल्टी होटलमै राष्ट्रपति सीले नेपालका उच्च नेताहरुसँग विभिन्न चरणमा भेटवार्ता गर्ने कार्यक्रम छ। साढे ८ बजे प्रधानमन्त्री ओली र सीबीच द्विपक्षीय छलफल हुनेछ। छलफल लगत्तै दुबै देशबीच सहमतिपत्रमा हस्ताक्षर हुने कार्यक्रम छ ।

चिनियाँ राष्ट्रपति सी जिनफिङको नेपाल भ्रमणको रिपोर्टिङ गर्ने पत्रकारलाई सूचना तथा प्रसारण विभागले ड्रेस कोड तोकेको छ। सरकारी मिडियाका पत्रकारका लागि राष्ट्रिय पोषाक र निजी मिडियाका पत्रकारलाई पुरुषका लागि टाइसहित सुट सेट र महिलाका लागि सुट सेट, सारी वा सभ्य कुर्ता तोकिएको छ।

चिनियाँ राष्ट्रपती सीसँग रेल, सडक, सुरुङमार्ग, जलविद्युत्, प्रसारण लाइनलगायत पूर्वाधारका दर्जन बढी एजेन्डामा छलफल हुनेछ। बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गत चीन सरकारले गर्ने सहयोगका परियाजनाबारे सूची तयार भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

केरुङ–काठमाडौँ सडक स्तरोन्नतिसँगै टोखादेखि नुवाकोटको छहरे सुरुङमार्ग पनि चीनको प्राथमिकतामा परेको छ।

आइतबार साढे ११ बजेपछि राष्ट्रपति सी बेइजिङका लागि चीनतर्फ प्रस्थान गर्ने कार्यक्रम समय तालिकामा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस