२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चिनियाँ राष्ट्रपति आउने खबरले डोटेली जनतामा खुशियाली

अ+ अ-

डोटी । छिमेकी मित्रराष्ट्र चीनका राष्ट्रपती सी चिन फिङको यही असोज २५ गतेदेखि हुने दुई दिवसीय राजकीय भ्रमणले डोटीका स्थानीयवासीमा उत्साह थपिएको छ । डोटीको दिपायल, सायल, बझाङ जिल्ला हुँदै चीनको ताक्लाकोट जोड्ने सडक निर्माण हुने विषयमा कुरा चलेपछि यहाँका स्थानीयवासीमा उत्साह थपिएको हो ।

चीनको ताक्लोकोटसम्म जोड्ने दिपायल, सायल सडक सबैभन्दा छोटो दूरीको भएको र उक्त सडक ताक्लाकोट पुर्‍याउन सके यहाँको पर्यटन, आर्थिक व्यापार प्रवर्द्धन, पूर्वाधार विकास तथा सांस्कृतिक क्षेत्रको उल्लेख्य विकास हुने बझाङ जिल्लासँग सिमाना जोडिएको सायल गाउँपालिका अध्यक्ष तेजबहादुर डुम्रेलले बताए ।

उनले भने, ‘चीनको ताक्लाकोट जोड्ने सडक सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय स्थल खप्तड जोडिएर गएकाले उक्त सडक ताक्लाकोटसँग जोड्ने सके डोटीसहित समग्र सुदूरपश्चिममा विकासको कायापलट हुनेछ ।’

राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा उक्त सडको विकासको विषयमा माग गरिदिन यहाँका स्थानीयवासीले सबै राजनीतिक दलहरुसँग आग्रहसमेत गरेका छन् । डोटीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रेमबहादुर आलेमगरले ताक्लाकोट सडकका विषयमा राष्ट्रपति सीसँग छिटो निर्माणका लागि माग गरिने बताए ।

उनले भने, ‘ताक्लाकोटसम्म सडक पुर्‍याउन हामी लागिपरेका छौँ, महामहिम सी चिनफिङसँग उक्त सडकका विषयमा कुरो राख्नेछौँ ।’ ताक्लाकोट जोड्ने उक्त सडक अहिले डोटी र बझाङ जिल्लाको सीमाक्षेत्र थराला गाउँपालिकासम्म पुगेको सायल गाउँपालिका अध्यक्ष तेजबहादुर डुम्रेलले जानकारी दिए । उनका अनुसार दिपायलबाट बझाङ जिल्लाको उक्त क्षेत्र जम्मा ६५ किलोमिटर मात्र रहेको छ ।

उक्त सडकमा अहिले महेन्द्रा पिकअप जीपहरु चल्न थालेका छन् । उक्त सडक ताक्लाकोटसम्म पुर्‍याउन सके हजारौँ डोटी तथा बझाङवासीले रोजगारी पाउनाका साथै यहाँको आयस्तरमा समेत वृद्धि हुने सायल गाउँपालिकाका स्थानीय तथा सामुदायिक विकास मञ्च डोटीका अध्यक्ष भक्तबहादुर सिंहले बताए ।

उनले भने, ‘बझाङमा उत्पादन हुने स्याउ तथा डोटीको सायल क्षेत्रमा उत्पादन हुने विभिन्न वस्तुभाउले बजार पाउँथ्यो, गाउँमा उत्पादन भएका चीजवस्तु बजारसम्म पुर्‍याउन सके स्थानीयवासीको आयस्तर बढ्नाका साथै घरैमा रोजगारी पनि मिल्ने थियो ।’

उक्त सडक ताक्लाकोटसम्म पुर्‍याउन सके डोटी तथा बझाङ जिल्लामा भारतीयदेखि लिएर अन्य पर्यटक पनि भित्र्याउन सजिलो हुने स्थानीयवासी बताउँछन् । डोटीबाट बझाङ जाँदै गरेको सडक विस्तार तथा स्तरोन्नति हुन नसक्दा बझाङका हजारौँ स्थानीयवासी महँगो भाडा तिरेर करीब १०० भन्दा बढी किलोमिटरको जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् ।

राष्ट्रपति सीको नेपाल भ्रमणका क्रममा डोटी, बझाङ हुँदै चीनको ताक्लाकोट जोड्ने सडकले प्राथमिकता पाउनेमा आफू निकै आशावादी भएको काङ्ग्रेस नेता तथा दिपायल सिलगढी नगरपालिकाका पूर्व नगर प्रमुख घनश्याम पाठकले बताए । उनले भने, ‘राष्ट्रपति सी नेपाल आएको समयमा ताक्लाकोट सडकले प्रथमिकता पाउनुपर्छ, सबै नेताहरुले उक्त सडक निर्माणका लागि माग गर्न जरुरी छ, मलाई आशा छ उक्त सडकले प्राथमिकता पाउनेछ ।’

प्रतिक्रिया दिनुहोस