प्रदेश सचिवलाई काम सक्ने चटारो ! « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रदेश सचिवलाई काम सक्ने चटारो !


२४ आश्विन २०७६, शुक्रबार


काठमाडौँ । दसैँको बिदा असोज २२ गते सकियो । २३ गते देखि सबै सरकारी कार्यालयहरू खुले पनि अधिकांश कर्मचारीहरू फेस्टिभ मुडमा रहेकाले थोरै मात्र कार्यालयमा उपस्थित छन् । त्यसैले पनि कार्यालयहरू सुनसान छन् ।

आइतबारसम्म कोजाग्रत पूर्णिमा अर्थात् टिका लगाउन सकिने दिन भएकोले पनि टाढाका कर्मचारी प्रायः सोमबारदेखि मात्रै नियमित उपस्थित हुनेछन् । त्यसो त सर्वसाधारण पनि सोमबारदेखि नै काममा फर्किने भएकोले त्यसपछि मात्रै सरकारी कार्यालयमा भीड देखिनेछ । २६ गते आइतबार चिनिया राष्ट्रपतिको भ्रमणमा सरकारले सार्वजनिक बिदा नै दिएकोले पनि सोमबारबाट मात्रै कार्यालयहरूमा चहलपहल बढ्ने छ ।

दसैँ वबदा पछि प्रायः कार्यालयहरू सुनसान नै भए पनि केही कार्यालयहरूको कामको गति भने बढेको छ । प्रदेश नं १ को आर्थिक मामिला तथा योजना मन्त्रालयमा सचिव नै २३ गतेदेखि नियमित हाजिर भएपछि कामकाज सुरु भएको छ ।

सचिव दामोदर रेग्मीले सङ्घबाट प्राप्त हुनु पर्ने अनुदानहरू प्रदेशको कोषमा ल्याउने समपूरक अनुदान लगायतका अन्य रकमहरू प्राप्त गर्नका लागि आवश्यक कागजात तयारी गर्न र राजश्व असुली तथा प्रतिवेदन प्रणाली व्यवस्थित गराउने काममा व्यस्त छन् ।

बिदा पछि थोरै कर्मचारीहरू मात्र कार्यालयमा उपस्थित हुँदा कामले गति लिन नसके पनि जनसम्पर्क र भेटघाटमा व्यस्त हुनु नपर्ने कारणले यस अवधिमा परिणाम मूलक काम गर्न सकिने सचिव रेग्मीको भनाई छ ।

जिम्मेवारी जति चाँडो निम्ट्यायो त्यति धेरै सहज रेग्मीले भने, आखिर पछि पनि गर्नै पर्ने हो तर अहिले गर्दा भार त घट्छ नै छिटो पनि हुन्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस