राष्ट्रपतिद्वारा तीन विधेयक प्रमाणीकरण « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

राष्ट्रपतिद्वारा तीन विधेयक प्रमाणीकरण


२४ आश्विन २०७६, शुक्रबार


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को दुवै सदनबाट पारित तीन विधेयक आज प्रमाणीकरण गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रशासकीय अदालतको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, वातावरण संरक्षणसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा गर्न बनेको विधेयक प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस