राष्ट्रपती सीको अनादर नगर्न पूर्वप्रधानमन्त्री भट्टराईको आग्रह « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

राष्ट्रपती सीको अनादर नगर्न पूर्वप्रधानमन्त्री भट्टराईको आग्रह


२४ आश्विन २०७६, शुक्रबार


काठमाडौं । पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले चिनियाँ राष्ट्रपती सी जिनपिङको सम्मान गर्न सबैमा आग्रह गरेका छन् ।

भट्टराईले अतिथि देवो भवः को नेपाली संस्कार स्मरण गराउँदै सीको अनादर नगर्न सबैसँग आग्रह गरेका छन् ।

‘अतिथि देवो भवः हामी नेपालीको संस्कार हो । २३ वर्षपछि हुन लागेको उत्तरी छिमेकी चीनका महामहिम राष्ट्रपति सी जिनपिङको भ्रमणको क्रममा कुनै अनादर झल्कने अभिव्यक्ति नदिऊँ’, ट्विटमार्फत सीको स्वागत गर्दै भट्टराईले लेखेका छन्, ‘कसैले सामाजिक मिडियामा दिइहाले त्यसलाई शेयर नगरौं ।’

Tags :
प्रतिक्रिया दिनुहोस