२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चिनियाँ राष्ट्रपति सी को भ्रमण : सुमधुर सम्बन्धको प्रतीक

अ+ अ-

२३ वर्षपछि हुन लागेको चिनियाँ राष्ट्रपती सी चिनफिङको नेपाल भ्रमण ऐतिहासिक र राजकीय विशेष महत्त्वको हुने बताएको छ । यो भ्रमणले नेपाल र चीनबिचको सम्बन्धलाई थप उचाइमा पुर्‍याउने प्रधानमन्त्रीको सचिवालयद्वारा जारी वक्तव्यमा उल्लेख छ । साथै नेपाल र चीनबिच हुन सक्ने आर्थिक साझेदारी तथा केरुङ-काठमाडौँ रेलमार्गबारे हुन सक्ने छलफल तथा सम्झौतालाई विशेष महत्त्वका साथ हेरिएको छ । यसै सन्दर्भमा रहेर त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डाक्टर नन्द बहादुर सिंहसँग प्रशासन डटकमले कुराकानी गरेको कुराकानी

चिनियाँ राष्ट्रपती सी चिनफिङको भ्रमणलाई कसरी हेर्न सकिन्छ ?
२३ वर्षपछि चिनियाँ राष्ट्रपतीको भ्रमण हुँदैछ । यो भ्रमण एक किसिमले दुई देशबिचको सुमधुर सम्बन्धको प्रतीकको हो भन्ने लाग्छ मलाई । दोस्रो कुरा हामी अत्यन्तै नजिकका छिमेकी पनि हौँ । यसर्थले समय समयमा दुई देश बिच उच्चस्तरका भ्रमण हुनु स्वाभाविक हो । तर २१औँ शताब्दीमा एउटा शक्तिशाली राष्ट्रको राष्ट्र प्रमुखको नेपाल भ्रमण नेपालका लागि गर्वको कुरो हो । यसले नेपालको विकास र नेपालको चीनसँगको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउँछ भन्ने मलाई लाग्छ ।

लामो समयसम्म उच्चस्तरको भ्रमण नहुनुको पछाडि विभिन्न खालका परिस्थिति हुन सक्छन् । यसलाई दुई देशबिचको सम्बन्धसँग जोड्नु आवश्यक छैन । हाम्रो चीनसँगको सम्बन्ध सुमधुर छ । परिस्थितिले ढिलो भए पनि समय मिल्दा अहिले चिनियाँ राष्ट्रपती सी चिनफिङको भ्रमण जुन हुँदैछ त्यो आफैमा ऐतिहासिक हो ।

शक्तिशाली छिमेकी मुलुकका राष्ट्रपती सी को भ्रमणमा नेपालले ख्याल पुर्‍याउनै पर्ने कुरा के हो ?
पहिलो कुरा त पञ्चशील सिद्धान्तका आधारमा पाँच वटा कुरामा चीनसँग ख्याल पुर्‍याउनु पर्छ । चीनले नेपाल, भारत तथा तेस्रो विश्वलगायत संसारका विभिन्न देशहरूसँग पञ्चशीलका सिद्धान्तका आधारमा सम्बन्ध राख्न चाहन्छ । यो हाम्रा लागि खुसीको कुरा हो । दोस्रो कुरा हामी असंलग्न राष्ट्रका सदस्य हौँ । र, चीन पनि सदस्य राष्ट्र भएकोले एक आपसमा सम्बन्ध राख्छौँ र सम्मान गर्छौ, त्यो कुरालाई बिर्सन हुँदैन ।

चिनियाँ राष्ट्रपती सीको भ्रमणबाट नेपालले राख्ने अपेक्षा के हुन सक्छन् ?
सबैभन्दा ठुलो कुरा यातायात हो । यसलाई पूर्वाधार निर्माण पनि भन्न सकिन्छ । चाहे त्यो हवाई होस् या स्थलगत । हामीसँग समुद्र नभए पनि समुद्रसम्म जान पाउनु र त्यहाँबाट चार वटा वेट पोर्ट र दुईवटा ड्राइपोर्ट दिनु भनेको हामी पनि समुद्रको नजिक पुग्यौँ भन्ने कुरा ऐतिहासिक सम्झौताले जनाई सकेको छ । दोस्रो ऊर्जा हो । संसारमा तपाईँले विकासको नमुना हेर्नु भयो भने यातायात र विद्युतीकरण नै हुन् । जहाँ यातायात छ, त्यो सँगसँगै विद्युतीकरण हुनु पर्ने रहेछ । नेपालमा ऊर्जाका यति धेरै स्रोतहरू छन् कि ६ हजार बढी नदीनाला र त्यसबाट निकाल्न सकिने ८३ हजार मेघावाट विद्युत् छ । दुई चार हजार मेघावाट मात्रै विद्युत् उत्पादन गर्न सक्यौँ भने पनि हामीलाई पुग्छ । यसका लागि सबैभन्दा महत्त्वपूर्ण कुरा लगानीको हो । उपयुक्त लगानी जुट्न सक्यो र विद्युतीकरण हुन सक्यो भने औद्योगिकीकरण हुन्छ । यससँगै सभ्यताको विकास हुन्छ । ठूल ठुला विश्वविद्यालयहरू खुल्छन् । नयाँ नयाँ अध्ययन अनुसन्धानहरू हुन थाल्छन् । यससँगै देशको अर्थतन्त्रमा बढोत्तरी हुन थाल्छ । त्यसैले यातायातसँगै ऊर्जाको विकास अति जरुरी हुन्छ ।

तेस्रो महत्त्वपूर्ण कुरा कृषि हो । हामी कृषि प्रधान देशका नागरिक हौँ । दिगो विकासका लागि कृषिमा आधुनिकीकरण गर्नै पर्छ । २१ औँ शताब्दीमा आविष्कार भएको विज्ञान र प्रविधिसँग जोडिनै पर्छ । जुन नयाँ नयाँ प्रविधि चीनले गरिरहेको छ, त्यो प्रविधिको प्रयोग नेपालले पनि गर्नै पर्छ । चौथो पर्यटन हो । उत्तरमा १.४ र दक्षिणमा १.३ बिलियन जनसङ्ख्या भएका दुई विशाल देशहरूको बिचमा नेपाल हुनु नै हाम्रा लागि गौरव हो । हामी न भारत विरोधी न चिन विरोधी हौँ । हामीले हाम्रो राष्ट्रिय महत्त्वलाई ध्यान राख्दै दुवै देशलाई नेपालको पक्षमा ल्याउनु पर्दछ । दुई देश बिच सेतुको रूपमा काम गर्नु पर्छ । यो कुरा नेपालको परराष्ट्र नीति, राजनीति दल र वर्तमान सरकारले बुझेर तत्अनुसारको सन्तुलित परराष्ट्र नीति लागू गरिरहेको छ ।

त्यसैगरी पाँचौँ कुरा औद्योगिक रणको विकास पनि सँगसँगै हुनु पर्दछ । नेपालमा कृषि र पर्यटनमा आधारित औद्योगिकीकरण सुरु गर्नुपर्छ । र, अत्यमा हामीले बिर्सनै नहुने कुरा सामाजिक सुरक्षा हो । तपाईँ हामी सबैलाई चाहिले पहिलो आवश्यकता शिक्षा र स्वास्थ्य हो । शिक्षा र स्वास्थ्य क्षेत्रमा चीन अत्यन्तै सक्रिय रूपमा उच्च चाहनाका साथ लगानी गर्दै आएको छ । जहाँ शिक्षा हुन्छ, त्यसले मात्रै समाज परिवर्तन गर्छ र जहाँ स्वास्थ्यको अवस्था राम्रो छ, त्यो देशका नागरिक स्वस्थ हुन्छन् । यी सबै कुराहरू अहिलेकै भ्रमण अर्थात् एकै चरणमा होलान् म भन्दैन तर एक-दुई वटा कुराहरूबाट सुरुवात गर्न सकिन्छ । कम्तीमा पनि यी क्षेत्रमा सुरुवात हुन सक्यो भने मात्रै पनि यो नेपालका लागि ‘गेम चेन्जर’ हुन सक्छ भन्ने मलाई लाग्छ । यही पेरिफेरिमा हामीले चीनसँगको सम्झौतालाई अगाडि बढाउनु पर्छ ।

राष्ट्रपती सी को भ्रमणलाई कुन अर्थमा साच्चिकै ऐतिहासिक हुन्छ नेपालका लागि ?
चीन संसारको नोमिनल जिडिपिको हिसाबले दोस्रो र पीपीपी जिडिपीको हिसाबले नम्बर एक राष्ट्र हो । त्यत्रो विशाल शक्तिशाली देश जसले २०१३ को सेप्टेम्बर देखि ‘वन बेल्ट वन रोड’ भन्ने भिजन ल्याएका छन्। बीआरआईसँग प्रत्यक्षरुपमा जोडिएको ६८ बढी देशहरूलगायत विश्वलाई एउटा परियोजनाले वीन वीन सिच्युएसनमा एक ठाउँमा ल्याउने दुरदृष्टिका प्रवर्द्धक व्यक्तित्वको नेपाल भ्रमण हुदैछ । बीआरआइको जन्मदाता सीको बिचारलाई चाइनिज विशेषताको समाजवाद भनेर मावत्सेतुङ पछि राजनीतिक दस्ताबेजसहित संविधानमा नै राखिएपछि उनको हाईट अझै धेरै उँचो भएको छ । त्यो विश्व स्तरीय नेता नेपाल आउनु आफैमा ऐतिहासिक हो ।

अन्त्यमा चिनियाँ राष्ट्रपती सीको भ्रमणबाट नेपालले राख्न सक्ने अपेक्षाहरू के हुन् ?
यातायात नै पहिलो प्राथमिकतामा राखिनु पर्छ । अहिले जुन रेलको कुरा भइरहेको छ । हिजो प्रधानमन्त्री केपी शर्मा ओलीलाई सडकमा पानी जम्दा कागजको डुङ्गा बनाएर जुन उडाइयो अब त्यो सम्झौता हुँदा त्यो भ्रम हट्छ । चीनले सय-सय वर्षका योजनाहरू सफल बनाउँदै गर्दा हामीले २०-३० वर्षका योजना बनाउँदा हाँस्नु पर्ने कारण थिएन तर एक-एक वर्षमा सरकार परिवर्तन गर्दै जाने भएकोले धेरैलाई विश्वास नहुनु पनि स्वाभाविकै हो । यस्तो अवस्थामा नेपालको ७० वर्षको इतिहास पछि दुई तिहाइको केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेको छ ।

‘मोडरेट्लि प्रोस्परस चाइना’ बनाउने विचारक सी चिनफिङको नेपाल भ्रमणले ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने प्रधानमन्त्री ओलीको चाहनालाई पुरा गर्न सहयोग पुग्ने कुरामा कसैको दुई मत हुन सक्दैन । त्यसैले अहिले सबैभन्दा महत्त्वका साथ रेलको विषयमा कुरा उठ्न सक्छ, यस सँगसँगै ऊर्जा, औद्योगिकीकरण, शिक्षा र स्वास्थ्य लगायत हुन सक्छन् ।

प्रतिक्रिया दिनुहोस